प्रचण्डलाई खुमलटार पठाउन सक्ने हैसियत कांग्रेससँग छ : गगन थापा

खबरदृष्टि सम्वाददाता १४ पुष २०८०, शनिबार १५:४९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउन सक्ने हैसियत कांग्रेससँग भएको बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको जिकिर गरेका हुन् ।

उनले कांग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएको भन्दै कांग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने बताए । उनले कांग्रेस नभए देश गृह युद्धमा फस्ने दाबी गरे । उनले बालकुमारीमा बिहीवार भएको घटनाप्रति दुःख व्यक्त गरे ।

Next Post

बालकुमारी घटना : मृतकका परिवारलाई सरकारले जनही १० लाख राहत दिने

१४ पुष २०८०, शनिबार १५:४९
काठमाडौं । सरकारले बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सरकारले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र […]
February 2025
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
2425262728