छैठौँ ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन वीरन्द्रनगरमा सम्पन्न

१७ बुँदे कर्णाली घोषणा पत्र सार्वजनिक

खबरदृष्टि सम्वाददाता २९ माघ २०८०, सोमबार १३:२९

सुर्खेत । छैठौँ ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन २०८० सम्पन्न भएको छ । मूलधार महिला सेवा केन्द्र (मासबेस उदयपुर)द्वारा माघ २७ गतेदेखि वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको उक्त सम्मेलन सोमवार सम्पन्न भएको हो । ‘छैटौँ ऐतिहासिक बेटी सम्मेलन’लाई कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका थिए ।

यस वर्ष बेटी सम्मेलनको नारा ‘दिगो विकास ५ वर्ष पुरा गर्ने प्रतिवद्धता, सबै निर्णयक तहमा महिलाहरुको अर्थपुर्ण सहभागिता’ थियो । तीन दिने सम्मेलनमा देशभरका महिला प्रतिनधिहरुको सहभागिता रहेको थियो । राष्ट्रिय बेटी सम्मेलनका संयोजक नजबुल खानको अध्यक्षतामा सम्पन्न सम्मेलनले १७ बुँदे कर्णाली घोषणा पत्र समेत सार्वजनिक गरेको छ ।

कर्णाली प्रदेश सरकारलगायत कर्णाली प्रदेशका स्थानीय सरकारहरुको ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ र ‘छोरी बुहारी छात्रवृत्ति कार्यक्रम’ लगायतका महिला सशक्तिकरणका कार्यक्रम तथा अभियानहरुको निरन्तरता र प्रभावकारीता बढाउन आवश्यक पैरवी तथा सहकार्य गर्ने संयोजक खानले जानकारी दिइन् ।

उनले जाजरकोट भुकम्पबाट जोखिममा रहेका पिडितहरुको सुरक्षा र पुनःस्थापनाका कार्यहरुलाई तिब्रगतिमा अगाडि बढाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आवश्यक सहकार्य समेत गर्ने बताएकी छिन् । संयोजक खानले कर्णाली प्रदेश आफ्नो लागि सपनाको शहर समेत भएको जिकिर गरिन् । सम्मेलनमा बोल्दै उनले समानताका लागि आसनमा महिला, भाषणमा महिला र शासनमा महिला हुनुपर्ने माग राखिन् ।

यस्ता छन् १७ बुँदे घोषणा पत्र
१) वर्तमान संवैधानीक व्यवस्थाको इमान्दारीपूर्ण कार्यान्वयन गराउँदै राज्यको हरेक तहमा महिलाहरुको ५० प्रतिशत अर्थपूर्ण सहभागीता सुनिश्चीत गराउने, हैन भने भद्र असहमति जनाउदै नोट अफ डिसेन्ट लेख्ने अभियान संचालन गर्ने ।

२) कर्णाली प्रदेश सरकार लगायत कर्णाली प्रदेशका स्थानीय सरकारहरुको बचत खाता छोरीको, सुरक्षा जीवन भरीको र छोरी बुहारी छात्रवृत्ति कार्यक्रम लगायतका महिला सशक्तिकरणका कार्यक्रम तथा अभियानहरुको निरन्तरता र प्रभावकारीता बढाउन आवश्यक पैरवी तथा सहकार्य गर्ने ।

३) जाजरकोट भुकम्पबाट जोखिममा रहेका पिडितहरुको सुरक्षा र पुनःस्थापनाका कार्यहरुलाई तिब्रगतिमा अगाडि बढाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराउदै आवश्यक सहकार्य गर्ने ।

४) सबै सार्वजनिक संस्था वा निकायहरुमा कामगर्ने महिलाहरुका साथै शैक्षिक संस्थामा अध्ययन गरिरहेका छात्राहरुका लागि निःशुल्क रुपमा स्यानेटरी प्याड वितरणको व्यवस्था मिलाउन सम्बन्धीत संस्था तथा निकायहरुलाई जिम्मेवार बनाउने ।

५) मुसहर, डोम, चमार, मुस्लिम, चेपाङ्ग, राउटे, कुसुण्डा, कुमाल, माझी, बोटे, वादी, राजी लगायतका चरम आर्थिक सामाजिक विभेदमा पारिएका जातजाति र समुदायका महिलाहरुको आर्थिक र सामाजिक सशक्तिकरणमा जोडदिने ।

६) छोरी भ्रूण हत्या, बाल विवाह, बहुविवाह, बहुपति प्रथा, घुम्टो प्रथा, दाईजो प्रथा, तिलब प्रथा, तलाक प्रथा, बोक्सी प्रथा, छाउपडी प्रथा, देउकी प्रथा, वादी प्रथा र जातिय भेदभाव तथा छुवाछुत प्रथा लगायतका हानिकारक सामाजिक परम्पराहरुको अन्त्य गर्ने ।

७) राजनीतिक स्थिरताको लागि दलहरुबीच गठबन्धन गर्ने नाममा संविधानको मूल भावना अनुसार महिलाहरुको प्रतिनिधित्वमा कटौती गर्ने ठगबन्धन संस्कृतिको अन्त्य गर्न दबाब सिर्जना गर्ने ।

८) सातवटै प्रदेशहरुमा महिला शान्ती स्तम्भ (7 Women Peace Pillars of Nepal) निर्माण गरि शान्ति, संमृद्धि एवम लैङ्गिकमैत्री सन्देश प्रवाह गर्ने ।

९) नेपालको संविधान २०७२ को प्रभावकारी कार्यान्वयन गर्दै चेविवटीहरुमाथिको हिसाबहारकी अन्त्यका लागि थप कानुनहरुको निर्माण गर्न दवाव दिदै नयाँ युगमा उपलब्ध विभिन्न प्राविधिक एप्सहरुको प्रयोग गरि नेपाली चेनिवेटीहरुलाई सुरक्षित जिवन जिउन सहयोग पुयाउने ।

१०) दिगो विकास लक्ष्य ५ र यसका परिमाणात्मक लक्ष्यहरुका आधारमा वर्तमान अवस्थाको लेखाजोखा तथा विश्लेषण गरी सन २०३० सम्म निर्धारीत लक्ष्यहरु पुरा गर्न पैरवी गर्दै सरोकारवालाहरुसंग आवश्यक सहकार्य गर्ने ।

११) परम्परागत सीप, कला र संस्कृतिहरुको प्रवर्द्धन गर्दै आधुनिक शिक्षा, सीप र प्रविधिमा आधारीत शिक्षाद्धारा चेलिबेटीहरुलाई आत्मनिर्भर बनाउदै त्रसित, अपहेलित, विभेदकारी मानसिकताबाट मुक्त भई आत्मसम्मानजनक गुणस्तरिय जिवनयापन गर्ने वातावरण तयार गर्न चेलीबेटी फाउन्डेसन अफ नेपाल (Cheli Beti Foundation Of Nepal) खडा गरि समाजमा देखिएका जल्दाबल्दा सवालहरुलाई जल्दोबल्दो बहसको रुपमा अगाडि बढाउने ।

१२) विभिन्न प्रदेश र स्थानीय सरकारहरुद्वारा संचालित बालिका, किशोरी र महिलाहरुको हकहितका कार्यक्रम र अभियानहरुको कार्यान्वयनको प्रभाकारीताको निगरानी गर्दै उक्त कार्यक्रम तथा अभियानहरुलाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्य गर्ने ।

१३) मर्यादित तथा सुरक्षित महिनावारी र विज्ञानमा महिला सहभागिता सुनिश्चित गर्न स्थानीय तहहरुसँग साझेदारी गर्दै सातै प्रदेशमा आभाशा प्रदेश स्तरीय समितिहरुको अगुवाईमा अभियानहरु संचालन गर्ने ।

१४) महिला माथि हुने हिंसा र दुरर्व्यबहार गर्नेलाई हदै सम्मको सजाय गर्न दण्डहिनताको अन्त्य गरौ तथा वालिका वलात्कार गर्नेलाई सामाजिक वहिष्कारका साथै लिंङ्गछेद गर्ने अथवा फाँसीको सजाय सम्मको कानूनी व्यवस्थाका लागी राज्यलाई जोडदार दवाव दिने ।

१५) हिंसा पिडित महिला तथा बालबालिकाहरुको सुरक्षा तथा गोपनियताको हकको सुनिश्चिताका लागि सबै स्थानीय तहहरुमा सुरक्षा गृहको व्यवस्था गर्न संघ प्रदेश तथा स्थानीय सरकारहरुले आफ्नो निति, कार्यक्रम तथा बजेटमा प्राथमिकता दिन पैरवी तथा सहकार्य गर्ने ।

१६) विशेषगरी कर्णाली प्रदेशमा देखिएको होचा, पुडकाहरुको अवस्था र कारणहरुको अध्ययन गरी उक्त सवालहरुलाई यथोचित सम्बोधन हुनेगरी खाद्य सुरक्षा तथा पोषण सम्बन्धी विशेष कार्यक्रमहरु संचालन गर्न प्रदेश र स्थानीय सरकारहरुलाई पैरवी तथा सहकार्य गर्ने ।

१७) ग्रामीण भेगमा वसोवास गर्ने विषेशगरी गरिव तथा विपन्न वर्ग र हिंसा पिडित महिला तथा बालवालिकाहरुलाई निःशुल्क शिक्षा प्राप्त गर्न छात्रवृत्ति लागु गरि अनिवार्य शिक्षाको व्यवस्था तथा आर्थिक रुपमा विपन्न महिलाहरुलाई आत्मनिर्भर र सशक्त बनाउन आयआर्जनमुलक रोजगारमुलक वनाउन स्थानीय सरकार तथा प्रदेश सरकार तथा अन्य सरोकारवाला निकायहरुसंग समन्वय सहकार्य गर्ने ।

Next Post

राष्ट्रपति रनिङ शिल्डको उपाधि छेडागाडको पोल्टामा

२९ माघ २०८०, सोमबार १३:२९
जाजरकोट । जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि छेडागाड नगरपालिकाले जितेको छ । गत वर्षको शिल्ड विजेता छेडागाड नगरपालिकाले यसपटकको शिल्ड पनि जितेको हो । छेडागाड नगरपालिका–१२ स्थित नारायणी माविको खेल मैदानमा सोमबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १० स्वर्ण, १० रजत र ११ कास्य […]
October 2024
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031