टी– २० सिरिज : नामिबियाविरुद्ध नेपाल ३ रनले विजयी

खबरदृष्टि सम्वाददाता १८ फाल्गुन २०८०, शुक्रबार १५:५०

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० आई सिरिजअन्तर्गत नेपालले तेस्रो खेलमा नामिबियालाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने सम्भावना पनि कायम राखेको छ ।

नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन मात्रै बनाउन सक्यो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले उत्कृष्ट बलिङ गर्दै १ विकेट लिएर ८ रन मात्र दिए ।

नामिबियाका लागि जेजे स्मितले अर्धशतकीय इनिङ खेले । उनले २६ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५० रन बनाए । यस्तै जेन फ्रिलिंकले २९ बलमा ३७ रन बनाए । नेपालका लागि करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिए भने अभिनाश बोहराले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ३७ बलमा ४ छक्का र १ चौकको सहयोगमा ५५ रन बनाएर नट आउट रहे ।

यस्तै आरिफ शेखले २४ बलमा ४ चौकाको सहयोगमा ३१ रन बनाए । गुलशन झाले १६ बलमा २६ रन बनाउँदा अनिल साहले १७ बलमा २३ रन जोडे । दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । त्यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए । नामिबियाका लागि बेन शिकोंगोले ३ विकेट लिए भने ज्याक ब्रसेलले २ विकेट लिए ।

Next Post

गठबन्धन तलमाथि हुँदैन, पाँच वर्ष नै चल्छ : उपप्रधानमन्त्री खड्का

१८ फाल्गुन २०८०, शुक्रबार १५:५०
सुर्खेत । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् । शुक्रवारदेखि काठमाडौँमा सुरु भएको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले बाहिर गठबन्धन तलमाथि हुने हो की भन्ने आशंका पैदा भएपनि गठबन्धन पाँच वर्ष नै निरन्तर चल्ने दाबी गरे । उनले जनतालाई धोका […]
May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031