वीरेन्द्रनगरमा क्रिकेट रङ्गशालासँगै देउडा पार्क निर्माण सुरु

खबरदृष्टि सम्वाददाता ७ चैत्र २०८०, बुधबार १३:४६

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा क्रिकेट रङ्गशाला र देउडा पार्कको निर्माण कार्य सुरु भएको छ । बुधबार मुख्यमन्त्री राजकुमार शर्माले दुई वटै पूर्वाधार कार्यको शिलान्यास गरेका छन् । यी दुईवटा संरचना वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिण क्षेत्रमा बन्न लागेका हुन् । ४ करोड ५९ लाख लागत रहेको संरचना निर्माणको जिम्मेवारी अभियान कन्स्ट्रक्सन काठमाडौँले लिएको छ ।

निर्माण हुने संरचना अन्तर्गत ल्यान्ड स्क्यापिङ तथा देउडा पार्क निर्माण, माटो कटिङ तथा लेवलिङ, क्रिकेट मैदानमा दुबो लगाउने, क्रिकेट पिज निर्माण र इन्डोर क्रिकेट निर्माण हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले बताए । दशौैँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरी क्रिकेट मैदान बनाउन लागिएको उनको भनाई छ ।

यसअघि कालिन्चोकमा पनि क्रिकेट मैदान बनिरहेको छ । दुई वटा खेलकुद मैदान आवश्यक हुने भएकाले बनाउन लागिएको उनले बताए । शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले १०औं राष्ट्रिय खेलकुद कर्णालीमा हुनु प्रदेशका लागि गौरवको विषय भएको भन्दै यसले यहाँको खेलकुदसँगै पर्यटन प्रवर्द्धनमा सहयोगी साबित हुने अपेक्षा गरिएको बताए ।

खेलका माध्यमबाट प्रदेशको पर्यटन प्रवर्द्धनका साथै विकास निर्माणका क्षेत्रमा काम गर्ने नीतिअनुसार प्रदेश सरकारले काम गरिरहेको जनाउँदै खेलाडीले पनि आफ्नो भविष्य खेल क्षेत्रमा छ भन्ने विश्वासका साथ अभ्यास गर्नुपर्नेमा उनले जोड दिए ।

मुख्मन्त्री शर्माले पाँच ‘प’ नीतिअनुसार अघि बढिरहेको बेला खेलाडीले पनि आफ्नो भविष्य खेल क्षेत्रमै छ भन्ने विश्वासका साथ अभ्यास गर्न अनुरोध गरे । खेलाडीलाई पुरस्कारका लागि चिन्ता नगर्न सुझाव दिँदै कर्णाली चिनाउन प्रतिस्पर्धा गर्न आग्रह गरे । उनले समग्र खेल क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध भएर लागिरहेको बताए ।

Next Post

कर्णाली संगठन सुदृढ यात्रामा कांग्रेस युवा नेता शाही

७ चैत्र २०८०, बुधबार १३:४६
सुर्खेत । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले संगठन सुदृढीकरणको यात्रामा शुक्रबारदेखि कर्णालीका दश जिल्लाको यात्रा तय गरेका छन् । शाहीले सल्यानको कपुरकोटदेखि यात्रा तय गरेको उनको सचिवालयले जनाएको छ । उनी सल्यान, रुकुम पश्चिम हुँदै विकट जिल्ला डोल्पा पुगेका छन् । कांग्रेसलाई सशक्त, सवल, प्रभावकारी, सुदृढ, लोकप्रिय, बलियो र […]
May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031