कर्णालीमा पहिलो पटक चिया र कफी खेतीको सम्भाव्यता अध्यायन

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २७ चैत्र २०८०, मंगलवार १०:१४

सुर्खेत । कर्णाली प्रदेश सरकारबाट पहिलो पटक चिया तथा कफी खेतीको लागि सम्भाव्यता अध्ययन गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा सल्यानमा चिया तथा खेतीको लागि पहिलो पटक संम्भाव्यता अध्ययन गरिएको हो ।

चिया तथा कफी विकास कार्यालय प्युठान कार्यालय प्रमुख चन्द्रप्रकाश बस्नेतसहितको विज्ञ टोलीले सल्यानको बनगाड कुपिण्डे नगरपालिका–७ को मैदुपोखरी वडा नं ८ को कुपिण्डे र अधेरी र वडा नं ११ को लछुहालेमा चिया तथा कफी खेतीको लागि स्थलगत संम्भाव्यता अध्ययन गरेको छ ।

कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष २०८०÷०८१को बार्षिक स्वीकृत कार्यक्रम अनुसार कर्णाली प्रदेशमा चिया तथा कफी खेती व्यवसायका लागि निति अवलम्वन गरिएकोले कर्णाली प्रदेशमा चिया तथा कफी खेती विकासका लागि आगमी बर्षमा कार्यालय स्थापनाको लागि राष्ट्रिय चिया तथा कफी विकास कार्यालयमा प्रस्ताव गरेको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि मन्त्री भीमप्रकाश शर्माले बताए ।
‘अहिले पहिलो पटक सल्यान जिल्लाबाट चिया तथा कफी खेतीको लागि सम्भाव्यता अध्ययन थालिएको छ ।’ उनले भने,‘प्रदेशका बाँकी जिल्लाहरु दैलेख सुर्खेत जाजरकोट र रुकुम पश्चिममा संम्भाव्यता अध्ययन गरिनेछ ।’

पहिलो पटक चिया तथा कफी खेतीको लागि सल्यान जिल्लाका बनगाड कुपिण्डे नगरपालिका वडा नं ७, ८ र ११ का कृषक समुहसँग चिया तथा तथा कफी विकास कार्यालय प्युठान प्रमुख बस्नेतसहितको विज्ञ टोलीले ७ वटा कृषक समुहसँग अन्तरक्रिया गरेको छ ।

विज्ञ सहितको टोलीले सल्यानमा चिया तथा कफी खेतीको लागि गरिएको सम्भाव्यता अध्ययनमा चिया तथा कफी खेतीका लागि माटो पुर्ण रुपमा स्वस्थ्य रहेको कफी खेतीको लागि पुर्व तयारको अवस्था राम्रो भएको प्रमुख बस्नेतले बताए ।

Next Post

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

२७ चैत्र २०८०, मंगलवार १०:१४
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कूल २३ सांसदले हस्ताक्षरसहित कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए । कँडेलको […]
May 2025
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031