सानीभेरी गाउँपालिकाले गर्‍यो विद्यालय मर्ज र कक्षा घटुवा

खबरदृष्टि सम्वाददाता ४ बैशाख २०८१, मंगलवार १४:१३

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि लागू हुने गरी गाउँपालिकाअन्तर्गतका विद्यालयलाई समायोजन (मर्ज) गर्ने भएको छ । गाउँ कार्यपालिकाको गत शुक्रबार बसेको बैठकले गाउँपालिकाका १६ वटा विद्यालयलाई समायोजन, तह घटुवा, कक्षा घटुवा तथा विद्यालयको शाखा विस्तार गर्ने निर्णय गरेको हो ।

कार्यपालिकाको बैठकले शितल माध्यामिक विद्यालय पक्रैयालाई कक्षा ११-१२ बाट कक्षा १० सम्म, भेरीदोभान माध्यामिक विद्यालय चाइनाबगरलाई कक्षा ९-१२ बाट कक्षा ८ सम्म, मालिका पहाड आधारभूत विद्यालय बसनडाँडालाई कक्षा १-३ बाट प्रारम्भिक बालविकास केन्द्र, बालज्योति माध्यामिक विद्यालय गिठाकोटलाई कक्षा ११-१२ बाट कक्षा १० सम्म, दीपज्योति आधारभूत विद्यालय चौखेलाई कक्षा १-५ बाट कक्षा १-३ सम्म, सूर्योदय माध्यामिक विद्यालय बेल्टापूलाई कक्षा ११-१२ बाट कक्षा १० सम्म, बालकल्याण आधारभूत विद्यालय शिलटाकुरीलाई १-३ बाट प्रारम्भिक बालविकास केन्द्रमा, जनज्योति माध्यामिक विद्यालय मेलचौरलाई कक्षा ११-१२ बाट कक्षा १० सम्म तह मिलान गर्नका लागि गाउँ शिक्षा समितिले गरेको निर्णय अनुमोदन गरेको छ ।

त्यस्तै अमरज्योति आधारभूत विद्यालय सल्लीचौरलाई कक्षा १-५ बाट कक्षा १-३ सम्म, चन्द्रोदय आधारभूत विद्यालय सहरेलाई कक्षा १-५ बाट कक्षा १-३ सम्म, जनसहयोग आधारभूत विद्यालय माथिल्लो आमडाँडालाई कक्षा १-५ बाट कक्षा १-३ सम्म, जनप्रिय माध्यामिक विद्यालय हाँसिबाङलाई कक्षा ९-१० बाट कक्षा ८ सम्म, सरस्वती माध्यामिक विद्यालय चिन्तुलाई कक्षा ९-१० बाट कक्षा ८ सम्म, शीव माध्यामिक विद्यालय काफलबोटलाई कक्षा ९-१० बाट कक्षा ८ सम्म, ज्ञानज्योती आधारभूत विद्यालय टिमुरबोटलाई कक्षा १-३ बाट प्रारम्भिक बालविकास केन्द्रमा र बालकल्याण आधारभूत विद्यालय पाखेरोललाई कालिका आधारभूत विद्यालयको शाखा विस्तार गर्ने निर्णय गरिएको छ ।

विद्यार्थी संख्या, भौतिक पूर्वाधार, शिक्षकहरुको दरबन्दी, विद्यालय–विद्यालय बीचको दुरीलगायतका आधारमा विद्यालय समायोजन तथा तह मिलान गरिएको गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टले बताए । अध्यक्ष बिष्टका अनुसार विद्यालय समायोजन, दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ को पहिलो संशोधनसहितले तोकेका आधारहरु, विद्यालयमा नियमितरुपमा अध्ययनरत विद्यार्थी संख्या, विद्यालयहरुबीचको दुरी, विद्यालयमा भएको स्वीकृत शिक्षक दरबन्दीको अवस्था, संघीय सरकारबाट अनुदान थप नभएको साथै गाउँपालिकाबाट समेत आवश्यकताअनुसार दरबन्दी प्रदान गर्न नसकिने अवस्था भएकाले विद्यालय समायोजन तथा तह मिलान गरिएको हो ।

परिवर्तित विद्यमान परिस्थितिका साथै विद्यालयको शैक्षिक गुणस्तर कायम गर्ने र ठूला स्कुलको अवधारणासमेतलाई क्रमशः कार्यान्वयन गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । एक वडा एक माध्यामिक विद्यालयको अवधारणालाई कार्यान्वयन गर्नका लागि वडा नम्बर ५ मा दुई वटा माध्यामिक विद्यालय वडाको पायक पर्ने ठाउँमा नरहेकोले अर्को शैक्षिक सत्रमा दुबैलाई समायाजेन गरी एउटै बनाउने र हाललाई दुबै विद्यालयमा कक्षा ९-१० सञ्चालन गरिने भएको छ ।

कक्षा ९-१० सञ्चालन भइ कक्षा ८ मा समायोजन भएका विद्यालयमा शैक्षिक सत्र २०८१ मा कक्षा १० लाई निरन्तरता नदिने र कक्षा ९ मा नयाँ भर्ना रोक्का गर्ने साथै कक्षा ११-१२ सञ्चालन भइ कक्षा १० मा समायोजन भएका विद्यालयमा कक्षा १२ लाई शैक्षिक सत्र २०८१ मा निरन्तरता दिने र कक्षा ११ मा नयाँ भर्ना रोक्का गर्ने, प्राविधिक विषय सञ्चालित विद्यालयमा हालको कक्षा १० र १२ लाई निरन्तरता दिने र कक्षा ९ र कक्षा ११ मा नयाँ भर्ना रोक्का गर्ने गाउँ कार्यपालिकाले सार्वजनिक गरेको निर्णयमा उल्लेख गरिएको छ । समायोजन भएका विद्यालयका शिक्षकहरुलाई गाउँपालिकाको पूरा दरबन्दीमा राखी अर्को शिक्षा समितिको बैठकबाट आवश्यक निर्णय गर्ने समेत गाउँपालिकाले जनाएको छ ।

Next Post

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा

४ बैशाख २०८१, मंगलवार १४:१३
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुमाथि ठूलीभेरी नगरपालिका–३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट प्राप्त भएको रकम अनियमितता गरेको आरोप लागेको छ । आयोगले सामाजिक विकास कार्यालय डोल्पाका […]
May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031