सुर्खेत । दैलेखमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। भगवतीमाई गाउँपालिका-१ बेस्तडाका रूपबहादुर खड्काका १९ वर्षीय छोरा सुजन खड्काको भीरबाट लडेर शनिवार मृत्यु भएको हो।
मेहलतोली सडेनीमा रहेको स्याउ बगैँचा हेर्न जाने क्रममा भीरबाट लडेर १९ वर्षीय सुजन खड्काको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ वैशाख १५ गते शनिबार