‘कर्णालीमा पशु व्यवसायको प्रचुर सम्भावना’

खबरदृष्टि सम्वाददाता ३० जेष्ठ २०८१, बुधबार २१:४४

सुर्खेत । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले कर्णालीमा पशु व्यवसायको प्रचुर सम्भावना रहेको बताएका छन् । राष्ट्रिय खोप उत्पादन प्रयोगशाला काठमाडौँको आयोजना तथा पशुपन्छी विकास निर्देशनालय सुर्खेतको समन्वयमा बुधवार वीरेन्द्रनगरमा भएको नेपाली खोप बजार विस्तारको लागि सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘कर्णालीमा पशु व्यवसायको उच्च सम्भावना छ, व्यवसायीहरूलाई व्यावसायिक धर्मको पालना गर्नुहोला ।’ उनले भने, ‘यसका लागि विभाग सधैँ साथमा छ ।’ उनले व्यवसायीहरूलाई गुणस्तरीय बस्तुहरूको मात्र उत्पादन, आयात तथा बिक्री वितरण गर्न निर्देशन दिए । पशुको स्वास्थ्यको लागि उन्नत जातको घाँस उत्पादनमा जोड दिन उनले आग्रह गरे ।

महानिर्देशक दाहालले अनुदान कार्यक्रमलाई अन्त्य गरी सेवा प्रभावकारी बनाउनेतर्फ अग्रसर हुन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । साथै उनले गलत कार्य गर्ने कसैलाई पनि छुट नहुने बताए । व्यवसायीका समस्याहरू समाधान गर्नको लागि विभागले सदैव साथ दिने प्रतिबद्धता जनाए ।

यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय खोप उत्पादन प्रयोगशालाका निमित्त कार्यकारी प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. विकास श्रेष्ठले नेपाली खोपको वृद्धि गरेर बाहिरी देशको खोपको आयातलाई शून्य बनाउनुपर्ने बताए । उनले बाहिरी देशबाट आएको खोपलाई जथाभाबी प्रयोग नगरी सकेसम्म नेपालकै खोपलाई प्रयाग गरेर साथ दिनुपर्ने पशु चिकित्सकहरूलाई आग्रह गरे ।

नेपालमा सरकारी निकायमार्फत पशु चौपायाका लागि प्रयोगशालाबाट ११ किसिमका खोप (भ्याक्सिन) उत्पादन हुँदै आएका बताए । डा. श्रेष्ठले पशु चौपाया र पन्छीका लागि ११ प्रकारका खोप उत्पादन हुँदै आएको बताएका हुन् । जसमा पशु एच.एस एण्ड वि.क्यु कम्बाइन्ड, पीपीआर, एनथ्राक्स, स्वाइन फिभर, रानी खेत एफ स्ट्रेन, रानी खेत आर.टु.वि स्ट्रेन, पाउल पक्स, गम्बोरो लाइभ, रानी खेत लासोटा स्ट्रेन, रानी खेत आई.टु. स्ट्रेन र रेबिजविरुद्धको खोप रहेका छन् ।

उनकाअनुसार गाई भैँसी, बाख्रा र गोडामा लाग्ने रोग एनफ्राक्स विरुद्ध खोप उत्पादन हुने गरेको छ । यस्तै कुखुराहरूमा विभिन्न किसिमका ६ प्रकारका खोप उत्पादन हुने गरेको उनको भनाइ छ । यसै गरी कार्यक्रममा राष्ट्रिय खोप उत्पादक प्रयोगशालाकी पशु चिकित्सक डा. संसी डङ्गोल, निमित्त कार्यकारी प्रमुख डा. श्रेष्ठ, पशुपन्छी विकास निर्देशनालय सुर्खेतका निर्देशक कृष्णप्रसाद पंगेनी, महानिर्देशक दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय, सुर्खेत, जाजरकोट, सल्यान, रुकुम पश्चिम, जुम्ला, दैलेख र कालिकोटका कार्यालय प्रमुख, स्थानीय तहमा कार्यरत पशु विकास अधिकृत, पशु चिकित्सक, तथा निजी भेटेरिनेरियन, निजी क्षेत्रमा कार्यरत प्राविधिक, व्यवसायी एग्रोभेट र व्यवसायी कृषकहरूको उपस्थित रहेको थियो । सहभागीहरूले आफूले भाग्नुपरेका समस्या तथा त्यसको समाधानका उपायहरूको बारेमा धारणा राखेका थिए ।

Next Post

स्थानीय खानाको स्वाद चाख्न बिबिसी मास्टर सेफ सन्तोष साह कर्णालीमा

३० जेष्ठ २०८१, बुधबार २१:४४
सुर्खेत । बिबिसी मास्टर सेफ सन्तोष साहले आफू कर्णालीको स्थानीय खानाको स्वाद चाख्नका लागि पहिलो पटक कर्णालीमा आएको बताएका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घले आयोजना गरेको युवा व्यवसायीसँग मास्टर सेफ साहको अनुभव आदानप्रदान कार्यक्रममा साहले आफू कर्णालीको खानाको स्वाद चाख्नका लागि पहिलो पटक कर्णालीमा आएको बताएका हुन् । कर्णाली […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031