नेपाल आइडलका विजेता करणलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिए गितार

खबरदृष्टि सम्वाददाता १३ असार २०८१, बुधबार ०८:४२

काठमाडौँ । नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार समेत दिएका थिए ।

बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख दुस्खमा आफू साथमै रहेको बताए । सो अवसरमा प्रधानमन्त्रीले बधाई दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरे ।

Next Post

भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध, यात्रु बाटोमै अलपत्र

१३ असार २०८१, बुधबार ०८:४२
जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ । निरन्तरको वर्षापछि पहिराले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजाका प्रमुख सुनिल रञ्जितकारले बताए । अहिले पहिरो हटाउने काम भइरहेको छ । सडक अवरुद्ध […]

सम्बन्धित समाचार

February 2025
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
2425262728