डोल्पाको शेल सुम्दो गुम्बामा शेल रिवो डुग्ड्रा (शे) मेला लाग्दै

खबरदृष्टि सम्वाददाता ४ श्रावण २०८१, शुक्रबार १०:२०

सुर्खेत । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका-३ स्थित शेल सुम्दो गुम्बामा अयोजना गरिने ६७ औँ १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलाका बारेमा जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले यसबारे जानकारी दिए ।

भदौ १६ देखि २१ सम्म ६ दिन शेल सुम्दो गुम्बामा आयोजना गरिने उक्त मेलामा धार्मिक प्रवचनदेखि सांस्कृतिक कार्यक्रम, घोडा दौडलगायतका उपल्लो डोल्पाको जनजीवन झल्कने विभिन्न गतिविधि सञ्चालन हुने आयोजकले बताएका छन् । मेलाको अवसरमा तिलगङ्गा आखाँ प्रतिष्ठानसँग सहकार्यमा निःशुल्क आँखा उपचार तथा शल्यक्रिया देखि स्वास्थ्योपचारलगायतका शिविर समेत राखिने अध्यक्ष गुरुङले बताए ।

अध्यक्ष गुरुङले विकास र सहजताका हिसाबले डोल्पा पछाडि रहे पनि पर्यटनको सम्भावनाका आधारमा नेपालकै महत्त्वपूर्ण गन्तव्य भएको बताए । ‘साहसिक पर्यटनको लागि डोल्पा हिडनल्याण्ड हो,’ उनले भने । बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक रूपमा विविधता भएकोले डोल्पामा जाने पर्यटकहरूले विविध अनुभुति गर्ने उनले बताए ।

खस तथा मस्टो संस्कृति, तरालि संस्कृति, डोल्पो संस्कृति, बोन तथा बुद्ध धर्म, खस भाषा, काइके भाषा, तिछुरोङ पोइके, डोल्पो भाषा लगायत त्रिपुरासुन्दरी मन्दिर, व्यास तपोभूमि आदीबाट अलौकिक अनुभुति लिन सकिने आयोजकले बताएका छन् ।
ऐतिहासिक शेल रिवो डुग्ड्रा शे मेलाको अवसरमा करिव १५ हजारभन्दा बढि मानिसहरको उपस्थिति हुने अपेक्षा आयोजकले गरेका छन् । मेलाको लागि आवश्यक पर्ने खानेपानी, अस्थायी आवास, शौचालय तथा अन्य संरचनाहरूको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

Next Post

गरिब प्रदेशका धनी मुख्यमन्त्रीदेखि तीन मन्त्रीहरु !

४ श्रावण २०८१, शुक्रबार १०:२०
कुलेन्द्र शाही, सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा उक्त विवरण सार्वजनिक भएको हो । जसमा मुख्यमन्त्री कँडेल, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी […]
December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031