२०८३ जेठ २६ , मंगलबार

सौर्य जहाज दुर्घटना अपडेट : जहाजमा सवार दुई जनाको शव फेला



काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार दुई जनाको शव फेला परेको छ ।उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेका छन् । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ ।

काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । विमान करिब ११ बजेतिर दुर्घटना भएको हो ।

विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधबार