
काठमाडौँ । त्रिभुवन विमानस्थल नजिकै विमान दुर्घटना भएको छ। दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन्।
यो संख्या बढ्न सक्ने अनुमान छ। विमानमा सवार अधिकांशको मृत्यु भएको आशंका छ। क्याप्टेनको भने जीवितै उद्धार गरेर अस्पताल लगिएको छ। आज बिहान करिब ११ बजे सौर्य एयरलाइान्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो।
प्रकाशित मिति : २०८१ साउन ९ गते बुधबार