भेरीगंगामा ‘छिन्चु आइडल’ हुँदै

खबरदृष्टि सम्वाददाता ११ श्रावण २०८१, शुक्रबार २०:५२

विनोद घिमिरे, भेरीगंगा

सुर्खेतको भेरीगंगामा सांगीतिक प्रतिस्पर्धात्मक कार्यक्रम “छिन्चु आइडल’ हुने भएको छ । शुक्रवार छिन्चुमा पत्रकार सम्मेलन गर्दै यही साउन २६ गतेदेखि छिन्चु आइडल हुने आयोजकले जानकारी दिएको हो । आइडलका लागि साउन १५ गते (मङ्गलबार)देखि दरखास्त मागिने आयोजकले जनाएको छ ।

उक्त आइडलमा नृत्य र गायनतर्फका तीन/तीन जना छनौट हुनेछन् । जे.एस इन्टरटेन्मेन नेपालगञ्जको आयोजनामा उक्त आइडल सम्पन्न हुने ह्याङ्गल इन्टरटेन्मेन हाउसका निर्देशक रितेश गौतमले जानकारी दिए । उनका अनुसार एक हजार रुपैंया तिरेर गायन वा नृत्य विद्यामा कलाकारले भाग लिन पाउनेछन् ।

आयोजकका अनुसार आइडलमा सहभागी हुन उमेरसमूह तोकिएको छैन । जुनसुकै उमेरका कलाकारले पनि भाग लिन सक्ने कलाकार कमल निर्मोहीले बताए । प्रतियोगितामा नृत्य र गायन दुवैतर्फ तीन/तीन जनालाई एक लाख नगद पुरस्कार प्रदान गरिनेछ ।

आइडलमा छनोट भएका सहभागीहरुलाई आवश्यकता अनुसार उपयुक्त ठाउँसम्म पुयाउनु पर्ने आफूहरुको कर्तव्य भएको कलाकार निर्मोहीको भनाइ छ ।गाउँ ठाउँमा लुकेर रहेको प्रतिभाहरुलाई अनिवार्य खोजेर बाहिर ल्याउनु पर्छ भन्ने मानसिकताका साथ छिन्चु आइडलको आरम्भ गर्न लागेको आयोजकले जनाएको छ ।

ह्याङ्गल इन्टरटेन्मेन हाउसका निर्देशक गौतमले यही साउन २६ गते पहिलो चरणको अडिशन भेरीगंगा नगरपालिकाको सभाहलमा गर्ने गरी तयारी भईरहेको बताए । विकट क्षेत्रमा लुकेर रहेको प्रतिभालाई यस आइडलमार्फत बाहिर ल्याउन सहयोग पुग्ने विश्वास आफूले लिएको बताए ।

छिन्चु आइडलको प्रमुखको जिम्मेवारी विनोद घर्ती मगरलाई दिइएको छ । आइडलमा ७७ जिल्लाबाट सहभागी हुन सकिने आयोजकले जनाएको छ ।

Next Post

कर्णालीको बजेट संशोधन हुने संकेत

११ श्रावण २०८१, शुक्रबार २०:५२
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कर्णाली प्रदेश सरकारले आव २०८१/०८२ का लागि ल्याएको बजेट संशोधन हुने संकेत गरेका छन्। मुख्यमन्त्री कार्यालयमा पत्रकारहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा उनले आफ्नै सरकारले ल्याएको बजेट आफ्नो नियन्त्रणमा नरहेको घुमाउरो पाराले स्वीकार गरे। शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारसँग अन्तरंग छलफल गर्दै धेरै […]
February 2025
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
2425262728