२०८३ जेठ २४ , आइतबार

परीक्षा हलमा चिट चोर्ने १ सय २२ विद्यार्थीको परीक्षा रद्द



काठमाडौँ । परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले १२२ जना विद्यार्थीको नतिजा रद्द गरेको छ । कक्षा १२ को नतिजा सार्वजनिक गर्दै बोर्डले ती विद्यार्थीले परीक्षा हलमा चिट चोरेको, अमर्यादित क्रियाकलाप गरेको भन्दै नतिजा रद्द गरेको हो ।

रद्द गरिएका विद्यार्थीहरूको नतिजा समेत नआउने बोर्डले जनाएको छ । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए ।

कक्षा १२ काे नतिजा सार्वजनिक : १ लाख ८७ हजार विद्यार्थी फेल

प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रबार