सुर्खेत । भेरीगंगामा भ्यानले बोलेरो जिपलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । भेरीगंगा–नगरपालिका १२ मसिनास्थित रत्नराजमार्ग सडकमा वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ००७१ युनिक भ्यानले सोही दिशातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०१३६ नम्बरको बोलेरो गाडीलाई आइतवार दिउँसो ठक्कर दिँदा चारजना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा लेकवेशी नगरपालिका–६ बस्ने वर्ष २९ कि रोशनी गुईटेल, सोही ठाउँ बस्ने वर्ष ३० का कमल विक, दैलेख डुंगेश्वर गाउँपालिका ४ बस्ने वर्ष ३६ का केशर बहादुर बुढा र भ्यान चालक वीरेन्द्रनगर–१० बस्ने वर्ष ४५ का कविराम थारु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घाइतेहरुलाई प्रदेश अस्पताल कालागाँउ सुर्खेत पठाइएको र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । उनकाअनुसार बोलेरो जीप चालक बारबर्दिया नगरपालिका–१ बस्ने वर्ष ३२ ललित थारुलाई नियन्त्रणमा अनुसन्धान भइरहेको छ ।