२०८३ जेठ २६ , मंगलबार

कर्णालीमा तत्काल युवा नीति बन्नेछ : मन्त्री भण्डारी



सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेशमा तत्काल युवा नीति ल्याउने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रदेशमा युवा नीति आवश्यक भएको बताएका हुन् ।

प्रदेश सरकारको आन्तरिक आम्दानी कमजोर हुँदा चाहेजस्तो काम गर्न नसके पनि आफ्ना प्रयासहरू भने निरन्तर हुने उनको भनाइ छ । उनले आन्तरिक स्रोत कमजोरीका कारण पनि सङ्घीय सरकारले दिएको बजेटका आधारमा नीति बनाउनुपर्ने बाध्यकारी अवस्थालाई प्रस्तुत गरे । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, दृष्टिविहीन अपाङ्गता लगायतका लक्षित वर्गका व्यक्तिहरूका लागि प्रादेशिक शिक्षा नीतिबाट उचित व्यवस्था हुने अपेक्षा मन्त्री भण्डारीले गरे ।

त्यसका लागि तत्कालै प्रदेश सरकारले नीति ल्याउने उनले बताए । खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश सरकारले तयारी गरिरहेको जानकारी दिँदै आफूले पदभारका क्रममा गरेको पहिलो निर्णय बारे युवाहरूलाई जानकारी गराए । युवाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा डिजिट सुरक्षा सम्बन्धी अन्तरक्रिया गरिएको थियो ।

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमबार