खेलाडीलाई निराश हुन नदिने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता

दशौं राष्ट्रिय खेलकुद कर्णालीको भरोसा र विश्वास भएको दाबी

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता १ भाद्र २०८१, शनिबार १८:४८

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना विषय कर्णालीप्रतिको भरोसा र विश्वास भएको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरोकारवालासँग छलफल तथा परामर्श कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना हुने कुराले देश तथा विदेशबाट मूल्यांकन हुने कुरालाई प्रष्ट पारे ।

उनले अहिले नै खेलकुद प्रतियोगिताको लागि दिनगन्ती सुरु हुने बेला नभएको उनले बताए। त्यस अनुसार अहिलेको व्यवस्थापन कमजोर भएको धारणा राखे । निर्धारित समय अनुसार आगामी मंसिर २ देखि ९ गतेसम्म प्रतियोगिता आयोजना हुँदै छ । त्यसबेला सम्म अहिलेको अवस्था अनुसार व्यवस्थापन कमजोर रहेको टिप्पणी गरे ।

प्राप्त बजेटबाट दक्षता देखाउन खेलकुद परिषदलाई निर्देशन दिँदै ठाउँ ठाउँ पुगेर विभिन्न माग नराख्न ध्यानाकर्षण गराए । गर्नुपर्ने कामहरू सरकारका तर्फबाट सरकारका प्रतिनिधिले गरिरहेको जानकारी गराए । कमजोर आन्तरिक आम्दानी भएको अवस्थालाई व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले खेलाडीलाई परिस्थिति बुझाउन अधिकतम प्रयास गरी निराश हुन नदिने प्रतिबद्धता जनाए ।

आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले लामो समयसम्म खेलकुद गतिविधि नबढ्नुले सरकारप्रति खेलाडीको गुनासो बढेको बताए। दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्न भूमिका अनुसारको दायित्व पूरा गर्नुपर्ने उनको भनाई थियो। आर्थिक मामिला तथा योजना मन्त्रालयका तर्फबाट गर्नुपर्ने बजेट लगायतका व्यवस्थापनमा कमी हुन नदिने प्रतिबद्धता जनाए।

कार्यक्रमको अध्यक्षता समेत गरेका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले निर्धारित प्रतिस्पर्धी खेलहरुमध्य थप खेलहरु समावेश गर्नका लागि आफ्ना तर्फबाट गर्नुपर्ने कामहरू आन्तरिक रूपमा बढाइरहेको जानकारी दिए। प्रतियोगितामा दुई प्रमुख जिम्मेवारी प्रदेश सरकारको काँधमा रहेको प्रष्ट पारे। उनले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु हो र कर्णालीले दुई अंकको पदक लिनु पर्ने चुनौती देखिएको बताए।

यसका लागि आवश्यक हुने बजेट, खेलाडीलाई दिनुपर्ने बन्द प्रशिक्षण सहितका आवश्यक व्यवस्थापनका लागि तयारी भैरहेको बताए।
व्यवस्थापनको पक्षमा कुनैपनि किसिमका अभाव हुन नदिन प्रदेश खेलकुद विकास परिषदलाई निर्देशन दिए।

Next Post

जाजरकोटको जनता माविका शिक्षक दुई सातादेखि बेपत्ता

१ भाद्र २०८१, शनिबार १८:४८
जाजरकोट । जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहीन भएका छन्। शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालय समाइलामा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन्। उनी गत साउन १४ गते घरबाट नेपालगञ्ज गएका थिए। साउन २५ गते नेपालगञ्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटलबाट […]
May 2025
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031