आरङ्ग नेपाल सुर्खेतको सती कलसा नाटक प्रदर्शन

खबरदृष्टि सम्वाददाता ३० भाद्र २०८१, आईतवार २०:२२

सुर्खेत । आरङ्ग नेपाल सुर्खेतले काठमाडौँमा सती कलसा तथा नाटक प्रदर्शन गरेको छ । गणेश गौतमको लेखन, याम नारायण आर्चाय निर्देशक रहेको नाटकमा कलाकारहरु उमालाल आचार्य, यामनारायण आचार्य, माया थापा, हरिहर ढकाल, चन्द्र मन्दिर, खुमलाल न्यौपाने, निर्मल प्याकुरेल, मोहन परियार, लक्ष्मी गिरी र कृतका खरेल राकेश पौडेल, भरत शाही, कमल परियार लगायतले अभिनय गरेका थिए ।

नाटकमा रंगमञ्चन परिकल्पना विशाल केसीको रहेको आरङ्ग नेपाल सुर्खेतका सचिव प्रकाश पौडेलले बताए । यस्तै नाटकमा सल्लाहकारका रुपमाम प्राध्यापक डा. जिवेन्द्रदेव गिरी र प्रेमदेव गिरी रहेका थिए भने संगित गंगा केसीको रहेको थियो ।

सचिव पौडेलका अनुसार शुत्रधार एवं मुख्य व्यवस्थापकमा प्रकाश पौडेल, कोरियोग्राफर चन्द्र मन्दिर रहेका थिए । राकेश पौडेल (तिलक) को व्यवस्थापकमा रहेकोे नाटकमा कबी गिरी र सुनिता रोकायको स्वर रहेको थियो । यो नाटक मध्यपश्चिम क्षेत्रमा दुर्लभ मानिएको लोकगाथा धमारीमा आधारित रहेको थियो ।

 

Next Post

कार्यालयले पठायो ठेकेदारलाई अल्टिमेटम

३० भाद्र २०८१, आईतवार २०:२२
कुलेन्द्र शाही, सुर्खेत सुर्खेतको गुर्भाकोट नगरपालिकामा लामो समयदेखि सुरु गरिएको पक्की मोटेरेवल पुल निर्माणको काम अलपत्र परेपछि सडक डिभिजन कार्यालय सुर्खेतले ठेकेदार कम्पनीलाई सात दिने पत्र पठाएको छ । खबरदृष्टिले गत बुधवार ‘गुर्भाकोटमा मोटेरेवल पुल अलपत्र,दुई वर्षमा बनाउने सम्झौता, सात वर्षमा पनि भएन पूरा’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । […]
October 2024
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031