वीरेन्द्रनगरका २० जना कृषकलाई भैँसी वितरण

खबरदृष्टि सम्वाददाता २१ चैत्र २०७९, मंगलवार १६:४२

सुर्खेत। कर्णाली प्रदेशको पशुपन्छी विकास निर्देशनालय सुर्खेतले वीरेन्द्रनगरका कृषकलाई उन्नत जातका भैसी वितरण गरेको छ । मंगलवार निर्देशनालयले वीरेन्द्रनगर नगरपालिका ११ चारकुनेमा रहेको जनचेतना कृषि सहकारी संस्थाका २० जना कृषकलाई उन्नत जातको भैसी वितरण गरेको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहाल, पशुपन्छी विकास निर्देशनालयका निर्देशक कृष्णप्रसाद पंगेनीलगायतको उपस्थितिमा भैसी वितरण गरिएको जनचेतना कृषि सहकारी संस्थाका अध्यक्ष काशीराम शर्माले जानकारी दिए ।

 दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यवसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले सहकारीमा आवद्द रहेका २० जना किसानलाई भैसी वितरण गरिएको निर्देशक पंगेनीले जानकारी दिए । सहकारीको ५० प्रतिशत र निर्देशनालयको ५० प्रतिशत अनुदानमा भैसी वितरण गरिएको हो ।

 

उन्नत जातको भैंसी वितरणका लागि निर्देशनालयको ३० लाख र सहकारीको ३१ लाख रुपैयाँ गरी कुल ६१ लाख रुपैयाँ खर्च भएको निर्देशक पंगेनीले जानकारी दिए । निर्देशनालयले तयार गरेको कार्यविधि अनुसार प्राप्त प्रस्ताव, गोठ अनुगमनलगायत विभिन्न आधारमा अनुदानमा भैंसी पाउने किसानको छनोट गरिएको उनको भनाइ छ ।

 

दुग्ध व्यवसाय प्रवर्द्धन र व्यावसायिक किसानलाई प्रोत्साहनका लागि भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले डेरी सञ्चालनको तयारी पनि गरिसकेको मन्त्री भिमप्रकाश शर्माले बताए । जीविकोपार्जनका लागि विदेश जानुभन्दा गाउँमा नै कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न यस्ता कार्यक्रमले सघाउने मन्त्री शर्माको भनाई छ ।

वितरण गरिएका भैसीहरुबाट स्थानीय स्तरमै पनि विक्री गर्ने वातावरण बनाउन आग्रह गर्दैै मन्त्री शर्माले आगामी दिनमा घरघरमा भैसी हुने मन्त्रालयले अपेक्षा गरेको उल्लेख गरे । साथै उनले भैसी पालन गरी एक नमूना कृषक बन्न उनले सबैलाई शुभकामना समेत दिए । किसानहरु भैसी वितरणबाट प्रत्यक्ष रूपमा लाभान्वित भई आर्थिक समृद्धि हुनेमा आफु विश्वस्त रहेको मन्त्रालयका सचिव दाहालले दाबी गरे ।

यस्तै, सहकारीका अध्यक्ष शर्माले पहिलो चरणमा २० जनालाई भैसी वितरण गर्दा सहकारीमा भएका किसानहरुले भैसीहरुको माग गरेकाले आगामी दिनमा भैसी लगायत अन्य पशुपन्छीसमेत वितरण गर्ने प्रतिवद्धता समेत जनाएका छन् । सहकारीमा अहिले ३ सय जना कृषक आवद्द रहेकाे जनाएको छ।

Next Post

उपनिर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित

२१ चैत्र २०७९, मंगलवार १६:४२
 काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी गरी  ५ दल एक ठाउँमा उभिएका छन् भने जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले भने उनीहरुलाई साथ दिएका छैनन् ।   ५ दलले मंगलबार विज्ञप्ति […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031