विश्वकै दाेश्राे शक्तिशाली देश रुस: एक चिनारी

चिन्तामणि शर्मा १४ फाल्गुन २०७८, शनिबार १५:०६

रूसी भाषामा सम्वाेधन गर्दा सोवेत्स्की सोयूज़ र अंग्रेज़ीमा सोभियत समाजवादी गणतन्त्र यूरेशियाकाे ठूलो भूभागमा फैलिएको एक देश थियाे, जो सन १९२२ देखि १९९१ सम्म अस्तित्वमा रह्याे । स्थापना पछि १९९० सम्म  याे देशमा कम्युनिस्ट पार्टीले शासन गरेको थियाे।
साेभियत संघ संसारकै सवैभन्दा ठूलो देश थियाे।  २ करोड २४ लाख २ हजार २ सय वर्ग किलोमीटरमा फैलिएकाे याे देश ११ क्षेत्रमा फैलिएकाे थियाे।
संवैधानिक रूपले हेर्दा सोभियत संघ १५ स्वशासित गणतन्त्रकाे संघ भएपनि वास्तवमा पुरा देशकाे प्रशासन र अर्थव्यवस्थामा केन्द्रीय सरकारकाे कडा नियन्त्रण रहने गर्दथ्याे। रुस सोभियत संघ समाजवादी गणतन्त्रमा सबभन्दा ठूलो गणराज्य राजनैतिक, सांस्कृतिक र आर्थिक केन्द्रकाे रुपमा रहेको थियाे। यसले गर्दा पुरै साेभियत संघमा रूसीकरण हावी भयाे। यही कारणले नै अक्सर सोभियत संघलाई नै रूस भन्न थालियाे।
मे १६, १७०३ मा तत्कालिन रुसी शासक (जार) पिटर महानले अहिले पिटर-पल फोट्रेस भनेर चिनिने स्तम्भको पहिलो ढुंगा बिछ्याएर सेन्ट पिटर्सवर्ग निर्माणकाे शुभारम्भ गरेका थिए। यो शहरकाे नाम तत्कालिन जारको संरक्षक सेन्ट पिटरको नाउँबाट राखिएको थियो। फ्रान्सेली, जर्मन र इटालेली वास्तुकारहरूले दक्ष रूसी समकालीनहरूसित मिलेर निर्माण गरेको यस सहर लाई विश्वकै उत्कृष्ट शहर मानिन्छ |

   सत्रौँ शताब्दीको अन्तसम्म रूसको समुद्रतिर जाने बाटो नभएकोले यसको विकासमा बाधा पुगेको थियो। रूसको जवान जार, पिटर द ग्रेट अर्थात्‌ महान्‌ पिटरको सपना समुद्रको बाटो खोलेर रूसको “युरोप हेर्ने झ्याल” स्थापना गर्ने थियो। दक्षिणमा ब्ल्याक सी जाने बाटोलाई ओटोमन साम्राज्यले रोकेको थियो। त्यसकारण पिटरले बाल्टिक समुद्रको सिमानामा स्विडेन अधीनस्थ उत्तरी इलाकातर्फ ध्यान दिन थाले।
आफ्नो सपना साकार पार्न अगस्त १७०० मा पिटरले स्विडेन विरुद्ध युद्धकाे घोषणा गरे।  सुरुमा प्रतिरोध भएपनि तीनले हार मानेनन्‌। नोभेम्बर १७०२ सम्ममा पिटरले लेक लाडोगाबाट स्विडेनीहरूलाई फर्कन बाध्य बनाए।
सन १९६१ मा शीतयुद्धकाे प्रतीककाे रुपमा बनेकाे बर्लिनकाे पर्खाल १९८९ काे नाेभेम्वर ९ मा त्यहाका जनताबाट भत्काईएपछि १९९१ डिसेम्बर २५ मा सोभियत संघकाे पनि विघटन भयाे। १९१७ मा भएको बोल्शेविक क्रान्तिपछि समाजवादी सोभियत गणराज्य संघ (USSR) अस्तित्वमा आएकाे थियाे।
सोभियत संघकाे विघटनपछि रुसलाई स्वतन्त्र मानियाे। विघटन हुनुभन्दा पहिला मिखाइल गोर्वाचेव सोवियत संघकाे राष्ट्रपति थिए। संघकाे विघटन हुनु एकदिन अघि उनलेे राष्ट्रपति पद त्याग गरिदिए।

Next Post

आत्मसमर्पण गर्ने या वलिदानी गर्ने बाहेक अर्को विकल्प छैन: प्रदेश सभा सदस्य ठम्मर विष्ट

१४ फाल्गुन २०७८, शनिबार १५:०६
     कर्णाली प्रदेश सभा सदस्य एवम् नेकपा माअाेवादी केन्द्रका प्रदेश कमिटी सदस्य ठम्मरवहादुर विष्टले सत्ता गठवन्धनले एमसीसी परियाेजना पास गर्ने नेकपा माअाेवादी र समाजवादी पार्टीकाे निर्णयकाे कडा शव्दमा विरोध गरेका छन। उनलेे दुई पार्टीले गरेको निर्णयले देश युक्रेन तर्फ रुपान्तर हुँदै गरेको वताएका छन्। सांसद विष्टले यथास्थितिमा आत्मसमर्पण गर्ने वा […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031