
सुर्खेत । सुर्खेतमा प्रहरीले आपराधिक लाभ तथा दस्तखत किर्ते मुद्दाकी फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० बस्ने वर्ष २४ कि कमला शर्मा रहेकी छन् ।
उनलाई सुर्खेत जिल्ला अदालतले २०७९ असार २२ गते आपराधिक लाभ तथा दस्तखत किर्ते मुद्दामा ६ महिना कैद ५ हजार ५० रुपैयाँ जरिवाना तोकेको थियो । तर, उनी हालसम्म फरार रहेकी थिइन् ।
उनलाई सोमवार जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए ।
शर्मालाई उनकै घरबाट पक्राउ गरी कैद भुक्तानको लागि सम्मानित अदालतमा पठाईएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० माघ २३ गते मंगलबार