समाचार सारांश
- भेरीगंगा नगरपालिकामा पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएकाे छ।
- अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा महिला तथा बालबालिका शाखाको आयोजनामा र सहकर्मी समाजको समन्वयमा कार्यक्रम सम्पन्न हाे ।
- कार्यक्रमको अध्यक्षता अमन चुनारा (विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष) ले गरेका थिए।
सुर्खेत । भेरीगंगा नगरपालिकामा पालिकास्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा महिला तथा बालबालिका शाखाको आयोजना र सहकर्मी समाजको समन्वयमा शिखर माध्यमिक विद्यालय रामघाटमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष अमन चुनाराको अध्यक्षता र भेरीगंगा नगर प्रमुख यज्ञप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शिखर मावि रामघाटका प्रधानाध्यापक जनक सिंहले जानकारी दिए। नगरपालिकाका १५ सामुदायिक माध्यमिक विद्यालयमध्ये १० विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए।
परिणाम अनुसार शिखर मावि रामघाट प्रथम, नेपाल राष्ट्रिय मावि सानोजात्री द्वितीय, चन्द्रोदय मावि रामघाट तृतीय तथा लालीगुराँस मावि रामघाट सान्त्वना भएका छन्। विजयी विद्यालयहरूलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानअनुसार क्रमशः १२ हजार, १० हजार, ८ हजार र ६ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो।