
काठमाडौं । राष्ट्रियसभा सदस्य जगतबहादुर पार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कैलाली जिल्ला अदालतले बैंकिङ कसुरको मुद्दामा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रियसभा सदस्य रहेका पार्कीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी, योगेन्द्र तिमिल्सिनाले सांसद पार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको र उनको खोजी भइरहेको जानकारी दिए ।
डडेल्धुराको आलिताल गाउँपालिका–७ स्थायी ठेगाना भएका पार्कीविरुद्ध धनगढी उपमहानगरपालिका–३ का नरेशबहादुर थापाले बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरेका थिए । सो मुद्दा कैलाली जिल्ला अदालतमा चैत २ गते दर्ता गरिएको थियो ।
प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार