रुकुम पश्चिम । रुकुम पश्चिममा पछिल्ला २० दिनमा विभिन्न दुर्घटना, घटना र आत्महत्याका कारण ९ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जेठ २० देखि असार ८ गतेसम्म उक्त घटनाहरू भएका हुन्।
असार ८ गते मात्रै करेन्ट लागेर एक जना तथा दुई जना मृत अवस्थामा फेला परेका थिए। असार ५ गते एक प्रहरी हवल्दारको उपचारका क्रममा मृत्यु भएको तथा ट्र्याक्टरको ठक्करबाट १८ महिनाकी बालिकाको ज्यान गएको थियो। जेठ २४ गते घरमा काम गर्ने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको थियो। साथै, जेठ २३, २७ र २८ गते गरी तीन जनाले आत्महत्या गरेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शंकास्पद देखिएका घटनाबारे अनुसन्धान जारी छ।
प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार