२०८३ वैशाख २४ , बिहीबार

जुनीचाँदेमा आइतबार पनि विद्यालय खुल्ने



जाजरकाेट । जाजरकाेटकाे जुनीचाँदे गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरू अब आइतबार पनि सञ्चालन हुने भएका छन् । सङ्घीय सरकारले हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आइतबार बिदा हुँदै आएका सामुदायिक विद्यालयहरू अब आइतबार पनि सञ्चालन हुने भएका हुन् ।

गाउँपालिकामा गत वैशाख २० गते आइतबार बसेको बैठकले हालसम्म लागू रहेको दुई दिनको सार्वजनिक बिदालाई परिवर्तन गर्दै अबदेखि शनिबार मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम महताराले जानकारी दिए ।

उनका अनुसार अब विद्यालयहरू हप्ताको एक दिन मात्र बन्द रहनेछन् भने आइतबारदेखि नियमित पठनपाठन सञ्चालन गरिने छ। उनले शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार