२०८३ वैशाख १४ , सोमबार

करेन्ट लागेर एक जनाको मृत्यु



सुर्खेत । दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै करेन्ट लागेर एक जना कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका –५ लयाँटीका २५ वर्षीय प्रकाश बुढा रहेका छन् ।

दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटवर्कको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा मंगलवार बेलुकी प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २४ गते बुधबार