राष्ट्रपति रनिङ शिल्डको उपाधि छेडागाडको पोल्टामा

खबरदृष्टि सम्वाददाता २९ माघ २०८०, सोमबार १९:३९
तस्बिर : नरेन्द्रराज घर्ती

जाजरकोट । जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि छेडागाड नगरपालिकाले जितेको छ । गत वर्षको शिल्ड विजेता छेडागाड नगरपालिकाले यसपटकको शिल्ड पनि जितेको हो । छेडागाड नगरपालिका–१२ स्थित नारायणी माविको खेल मैदानमा सोमबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १० स्वर्ण, १० रजत र ११ कास्य गरी जम्मा ३१ पदक सहित छेडागाड नगरपालिका प्रथम भएको हो ।

प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कांस्यसहित शिवालय गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ भने ८ स्वर्ण २ रजत र ६ कांस्य सहित भेरी नगरपालिकाले तृतीय स्थान हासिल गरेको छ । नलगाड नगरपालिकाले १ स्वर्ण, ५ रजत र ६ कांस्य जितेको छ भने बारेकोट गाउँपालिकाले १ स्वर्ण, ६ रजत र २ कांस्य जितेको छ । त्यसै गरी कुशे गाउँपालिकाले १ स्वर्ण, २ रजत र ४ कांस्य जितेको छ ।

जिल्लाका ७ वटा पालिकामध्ये ६ वटा पालिकाले प्रतियोगितामा सहभागिता जनाएका थिए । बजेट अभाव रहेको भन्दै जुनिचाँदे गाउँपालिकाले भने प्रतियोगितामा सहभागी जनाएको थिएन । प्रतियोगितामा भलिबल, कबड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलहरूमा अन्तर पालिकाबिच खेलाइएको थियो ।

जिल्ला स्तरीय प्रतियोगितामा पालिकाबाट छनौट कक्षा ८ देखि १२ सम्मका १८ वर्षमुनिका ३ सय ५० बढी विद्यार्थी खेलाडीहरूको सहभागिता भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरबहादुर बस्नेत (एनबी) ले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार जिल्ला स्तरमा उत्कृष्ट खेल प्रतिभा प्रस्तुत गर्ने खेलाडीहरूलाई विद्या अनुसार प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने छ ।

गत माघ २६ गतेदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले गरेका थिए । विभिन्न ५४ वटा विद्यामा उत्कृष्ट हुने खेलाडीहरूलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ ।

Next Post

रुकुम पश्चिमका पाँच पालिकामा जनयुद्ध दिवसको दिन बिदा

२९ माघ २०८०, सोमबार १९:३९
सुर्खेत। रुकुम पश्चिमका पाँच पालिकाले सर्वोच्च अदालतको आदेश विपरीत फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । सशस्त्र जनयुद्ध शुरु भएको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउनका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । जिल्लाको आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाले सार्वजनिक सूचना […]
June 2024
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
24252627282930