२०८३ वैशाख १४ , सोमबार

सिद्धपाइला बोडिङ्ग स्कुलको १६ औँ वार्षिकोत्सव सम्पन्न



सुर्खेत । सिद्धपाइला इङ्लिस मिडियम बोडिङ्ग स्कुलले आफ्नो १६ औँ वार्षिकोत्सव मनाएको छ। शनिवार विद्यालयले एक कार्यक्रमको आयोजना गरेर १६ औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले विद्यालयले अवलम्बन गरेको सिकाइ प्रक्रिया एकदमै प्रभावकारी रहेको बताएका छन् ।

स्कुलको १६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्नु हुँदै उनले सबै सामुदायिक तथा निजी विद्यालयहरूले यस्तो पद्धतिको अवलम्बन गर्नु पर्ने बताएका हुन् । आफूले शिक्षा क्षेत्रमा लामो समय काम गरेको उल्लेख गर्दै उपाध्यायले समयानुकूल शिक्षामा प्रविधिसँगै शिक्षण पद्धतिमा समेत सुधार गर्दै लैजानुमा जोड दिए ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक नैन सिंह खत्रीले विद्यार्थीलाई जीवनोपयोगी सीपसँगै गुणस्तरीय शिक्षामा जोड दिँदै आएको बताए । उनले विद्यार्थीलाई कक्षा कोठामा राखि भाषण विधिबाट पढाई हुने परम्परागत शिक्षण विधिको अन्त्य गर्दै प्रविधिको अधिकतम प्रयोगका साथ जीवनोपयोगी शिक्षा प्रणाली अवलम्बन गरेको बताए ।

जसअनुसार विद्यालयले विगत १ वर्षदेखि विषयगत अभ्यासका लागि कार्यमा आधारित शिक्षण विधि अन्तर्गत विद्यार्थीलाई प्रयोगात्मक अभ्यासमा जोड दिई सिकाउँदै आएको छ । कक्षा नर्सरी देखि १२ सम्म पढाइ हुने विद्यालयमा विभिन्न विषयसँग सम्बन्धित शिक्षण कार्यका लागि सिकाई ल्याबहरू स्थापना गरिएको छ ।

उक्त सिकाई केन्द्रमा विद्यार्थीहरूले प्रयोगात्मक अभ्यासहरू गर्दै पढ्दै सिक्दै आएको विद्यालयकी सहायक प्रधानाध्यापक हिराकुमारी क्षेत्रीले बताइन् । वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थी, अभिभावक, शिक्षक तथा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

प्रकाशित मिति : २०८० फागुन १२ गते शनिबार