सिम्तामा ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

खबरदृष्टि सम्वाददाता १३ फाल्गुन २०८०, आईतवार २०:५४

सुर्खेत । सुर्खेतको सिम्तामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । सल्यानको सल्लीबजारबाट सुर्खेतको गोजी बजारतर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेकाे भ १ त ४५ नम्बरको ट्याक्टर सिम्ता गाउँपालिका–६ जामुनेबजारमा एक आपसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

अर्का एक जना भने गम्भिर घाइते भएको अस्थायी प्रहरी पोष्ट बादेपिपल सुर्खेतले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल सवार वीरेन्द्रनगर–३ यरीचोकका २८ वर्षीय विजय राना रहेको अस्थायी प्रहरी पोष्ट बादेपिपलका प्रहरी जवान वीरेन्द्र विकले जानकारी दिए ।

उनकाअनुसार मोटरसाइकल चालक वीरेन्द्रनगर–१ ढोडेखालीका २३ वर्षीय रुपेश गिरिको अवस्था गम्भिर रहेको र उपचारका लागि मेहलकुना अस्पतालमा ल्याइएको छ । ट्याक्टर चालक र साहूँ भने फरार रहेको प्रहरीले जनाएको छ ।

Next Post

दुई युवाहरूबिचको दुस्मनीले घटेको गैरीगाउँ गोली काण्ड : गाडी नठाेक्याएकाे भए विनोद मारिन सक्थे

१३ फाल्गुन २०८०, आईतवार २०:५४
सुर्खेत । शनिवार राति पौने ९ बजे वीरेन्द्रनगर–१ गैरीगाउँ चोकमा एक जना युवकलाई लक्षित गर्दै गोली प्रहार भयो । गोली प्रहारबाट गाडीको सिसा फुटे पनि मानवीय क्षति भने भएन । तरुण दल सुर्खेतका जिल्ला सदस्य वीरेन्द्रनगर–१ का विनोद गिरीलाई लक्षित गरेर गोली प्रहार भएको र यसमा सुर्खेत उद्योग वाणिज्य सङ्घका […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031