२०८३ वैशाख १४ , सोमबार

झरीका कारण तेस्रो कर्णाली एक्सपो (महोत्सव) स्थगित



सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघद्वारा वीरेन्द्रनगरमा सञ्चालित तेस्रो कर्णाली एक्सपो आज स्थगन गरिएको छ  । शनिवारदेखि लगातार वर्षा हुनथालेपछि आज महोत्सव स्थगन गरिएको हो ।

वर्षाका कारण महोत्सव सञ्चालन गर्न समस्या भएको हुँदा आज एक दिनका लागि महोत्सवका सम्पूर्ण कार्यक्रम स्थगन गरिएको संघका अध्यक्ष लक्ष्मण कँडेलले खबरदृष्टिलाई जानकारी दिए ।

उनले सोमबारदेखि पूर्वनिर्धारित कार्यक्रमहरु सञ्चालन हुने बताए । फागुन १४ गतेदेखि वीरेन्द्रनगरको खुल्लामञ्चमा सञ्चालन भइरहेको महोत्सव फागुन २३ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : २०८० फागुन २० गते आइतबार