
सुर्खेत । श्रीमानको हत्यामा संलग्नहरुलाई कारबाहीको माग राख्दै उच्च अदालत सुर्खेतमा धर्ना बसेकी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उच्च अदालत सुर्खेत अगाडि आत्मदाह गर्न खोजेपछि प्रहरीले जुनिचाँदे गाउँपालिका–६ मैप बस्ने निर्मला शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले खबरदृष्टिलाई जानकारी दिए ।
‘अदालत अगाडि आत्मदाहको प्रयास गरेपछि हामीले दुईजनालाई नियन्त्रणमा लिएका हाैँ ।’ उनकाअनुसार निर्मलासँगै जुनीचाँदेकै सराकुमारी शाही पनि प्रहरी नियन्त्रणमा रहेकी छिन् ।
याे हेर्नुहाेस् – जुनिचाँदेमा एक पुरुषको रहस्यमय मृत्यु, ७ जना पक्राउ
गत १७ माघमा उनका ३१ वर्षीया श्रीमान राम बहादुर शाहीको जुनिचाँदेस्थित काहाँरे खोलामा कुटपिटबाट मृत्यु भएको थियो । श्रीमानको कुटपिटमा संलग्नहरुलाई कारबाहीको माग राख्दै उनी केहीदिनदेखि अदालत अगाडिदेखि धर्नामा बसिरहेकी थिइन् ।