२०८३ वैशाख २२ , मंगलबार

सुर्खेतका सरकारी विद्यालय ठप्प, निजीमा धमाधम भर्ना



कुलेन्द्र शाही, सुर्खेत । सामुदायिक विद्यालयहरूमा मङ्गलवारबाट नयाँ विद्यार्थी भर्ना सुरु भएको छ । तर देशभर अधिकांश विद्यालयले नयाँ शैक्षिक सत्र सुरु हुँदा पनि भर्नालगायत सम्पूर्ण शैक्षिक गतिविधि अनिश्चितकालका लागि बन्द गरेका छन् । १५ दिनदेखि काठमाडौँमा जारी सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरूले गरेको शैक्षिक हडतालमा राखिएका मागहरूको सम्बोधन नभएपछि विद्यालय भर्ना लगायतका सबै कार्यक्रम बन्द विद्यालयले बन्द गरेका हुन् ।

जसमा सुर्खेतका पनि अधिकांश विद्यालयले भर्ना अभियान स्थगित गरेका छन् । सुर्खेत भेरीगंगा नगरपालिका–११ रामघाटमा रहेको शिखर माविले मङ्गलवार एक सूचना जारी गर्दै काठमाडौँमा भइरहेको आन्दोलनलाई पूर्ण समर्थन गर्दै यस विद्यालयका पूर्व निर्धारित कार्यक्रमहरू अर्को सूचना नआन्जेलसम्मका लागि बन्द गरिएको जानकारी गराएको छ । विद्यालयका प्रधानाध्यापक जनक सिंहले विद्यालयमा भर्ना अभियान स्थगित गरेको जानकारी दिए ।

उनले काठमाडौँमा भइरहेको आन्दोलनलाई थप सशक्त बनाउन सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुहरुलाई सहभागी हुन आग्रह समेत गरेका छन् । सिम्ता गाउँपालिका–७ को नेपाल राष्ट्रिय प्राथमिक विद्यालयले पनि नयाँ विद्यार्थी भर्ना अभियान तथा पुराना विद्यार्थी अभिलेखीकरण कार्यक्रम लगायत सम्पूर्ण शैक्षिक तथा प्रशासनिक गतिविधिहरू स्थगित गरेको जनाएको छ ।

विद्यालयका प्रअ यामकुमारी वलीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘ नेपाल शिक्षक महासङ्घको नेतृत्वमा हाल चलिरहेको शिक्षक आन्दोलनको कारणले सृजना भएको विसम् परिस्थितमा यस नेरा प्राविको पूर्वनिर्धारित नयाँ विद्यार्थी भर्ना अभियान तथा पुराना विद्यार्थी अभिलेखीकरण कार्यक्रम लगायत सम्पूर्ण शैक्षिक तथा प्रशासनिक गतिविधिहरू, नेपाल शिक्षक महासङ्घको अर्को आधिकारिक सूचना प्राप्त नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरा सरोकारवाला सबैलाई जानकारी गराइन्छ ।’

गुर्भाकोटको जन ज्ञान भण्डार माध्यमिक विद्यालयले पनि मङ्गलवार सूचना जारी गर्दै विद्यालयको पूर्वनिर्धारित भर्ना लगायतका सम्पूर्ण कार्यक्रमहरू शिक्षक कर्मचारी आन्दोलनलाई मध्यनजर गरी अर्को सूचना नआएसम्मलाई स्थगित गरिएको जनाएको छ । सुर्खेतका सबैजसो विद्यालयले भर्ना अभियान तथा पुराना विद्यार्थी अभिलेखीकरण कार्यक्रम लगायत सम्पूर्ण शैक्षिक तथा प्रशासनिक गतिविधिहरू स्थगित गरेका छन् ।

नमुना विद्यालयमै भर्ना अभियान स्थगित
कर्णाली प्रदेशकै सामुदायिक विद्यालयमा सबैभन्दा उत्कृष्ट विद्यालय हो, प्रदेश राजधानी वीरेन्द्रनगरस्थित जननमुना माध्यमिक विद्यालय । उक्त विद्यालय सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने सरकारी विद्यालयको सूचीमा पर्दछन् । तर, उक्त विद्यालयले पनि हाल चलिरहेको शिक्षक आन्दोलनको कारणले उत्पन्न भएको विशिष्ट परिस्थितिको कारणले गर्दा विद्यालयको पूर्वनिर्धारित नयाँ विद्यार्थी भर्ना तथा पुराना विद्यार्थीहरूको अभिलेखीकरण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

May be an image of ticket stub and text that says 'ពរោន भस्ममिक កមូរ श्री जन नमुनाद वीरेन्द्रव स्थापना २००5 (१९१२) 율ㅇㄷ를-보ㅋ쿠9,아ㅋ루-봇래제9두 으도쿠-보심ㅇ카9트, ㅇㄷ쿠-노국도 विद्यालय प.सं.: च.नं.: मित २०६२०१।०२ विषय नयाँं विद्ार्थी भर्ना तथा पुराना विदार्थी अभिलेखिकरण कार्यक्रम स्थगन सम्बन्धमा सम्पूर्ण अभिभावकज्यू तथा विद्यार्थीहर, उाप्युक्त विपयमा नेपाल शिक्षक महासइघको नेतृत्वमा हाल चलिरहेको शिक्षक आन्दोलनको कारणले उत्पन्न भएको विशिष्ट परिस्थयितिको कारणले गर्दा विद्यालयको पूर्वनिरधारित नयां विद्यार्थी भर्ना तथा पुराना विद्यार्थीहरुको अभिलेखिकरण कार्यक्रम अकों सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ। (यामबहादुर श्रेष्ठ) प्रधानाध्यापक यामबहादर श्रेष्ठ प्रधानाघ्यापक'

विद्यालयका यामबहादुर श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा हाल चलिरहेको शिक्षक आन्दोलनको कारणले उत्पन्न भएको विशिष्ट परिस्थितिको कारणले गर्दा विद्यालयको पूर्वनिर्धारित नयाँ विद्यार्थी भर्ना तथा पुराना विद्यार्थीहरूको अभिलेखीकरण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।,’

यस्तै वीरेन्द्रनगरकै नेरामावि (डाँडा स्कुल) ले पनि भर्ना अभियान स्थगित भएको जनाएको छ । विद्यालयका प्रअ गणेश न्यौपानेले सरकारले आफूहरूमाथि अन्याय गरेको हुँदा भर्ना अभियान लगायतका विभिन्न कार्य बन्द गरेको जानकारी दिए । ‘सरकारले हाम्रो माग पुरा नगर्ने, हाम्रो आन्दोलनलाई सामान्य रूपमा लियो ।,’ उनले खबरदृष्टिसँग भने, ‘अब देशभरबाट भर्ना अभियान बन्द भएपछि सरकारले केही चासो देखाउँछ कि भन्ने हो ।,’

विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न खोजेका हो भन्ने प्रश्नमा आफूहरूले भन्दा पनि सरकारले खेलबाड गरेको उनले बताए । ‘हामी त बाहिरी रूपमा देखिएका मात्रै हौँ । खास अन्याय र खेलबाड त सरकारले गरेको हो । सरकारले १० मिनेटमा सकिने काममा पनि ध्यान दिएन् ।,’

उनले भने, ‘शिक्षा मन्त्री र प्रधानमन्त्री ज्युँले मागहरूलाई १० मिनेटमै सम्झौता गरेर आन्दोलन स्थगित गर्न सक्नुहुन्छ । यस्तै परे १२ को परीक्षा समेत स्थगित हुने सम्भावना छ ।,’ भर्ना अभियान रोकेर सुर्खेतबाट शिक्षकहरू अझै काठमाडौँ जाने समेत तयारीमा छन् ।

पुनर्योग गराउन समस्या
शिक्षकको आन्दोलनले भर्ना अभियान मात्रै होइन वीरेन्द्रनगर नगरपालिकाबाट आधारभूत तहमा परीक्षा दिएका सयौँ विद्यार्थी आफ्नो अनुत्तीर्ण भएको विषयको पुनर्योग गराउन समस्या झेलिरहेका छन् । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी आन्दोलनमा रहेको समयमा वीरेन्द्रनगर नगर शिक्षा शाखाले चैत २८ गते कक्षा ८ को नतिजा सार्वजनिक गरेको थियो ।

नतिजा सार्वजनिक भएसँगै वैशाख २ गते मङ्गलवारसम्म विद्यार्थीलाई पुनर्योग गराउने भए निवेदन दिन भन्दै सोही दिन नगर शिक्षा समितिले सूचना जारी गरेको थियो । उक्त सूचनामा विद्यालयको सिफारिस अनिवार्य गरिएको छ भने विद्यार्थीको हस्तलिखित निवेदन, प्रवेश पत्रको फोटोकपी र एक सय रूपैँया शुल्क तिर्नुपर्ने उल्लेख छ ।

तर, शिक्षक–कर्मचारी काठमाडौँ केन्द्रित आन्दोलनमा हुँदा विद्यार्थीले समस्या भोगिरहेका छन् । नगर शिक्षा शाखामा भने अहिले सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी अभिभावकसँगै निवेदन बोकेर आइरहेका छन् । वीरेन्द्रनगरमा सामुदायिक, निजी र संस्थागत गरी कूल १०० विद्यालयले यस वर्षको कक्षा आठको परीक्षा दिलाएका थिए ।

झन्डै ५५ सय विद्यार्थीले यो वर्ष कक्षा आठको परीक्षामा सहभागिता जनाएका थिए। यी विद्यार्थीको परीक्षा व्यवस्थापनदेखि सञ्चालन गर्ने गरेको वीरेन्द्रनगर नगरपालिकामा हाल तीन जना मात्रै कर्मचारी छन् । शाखा प्रमुख धीरेन्द्र शर्मा, प्रमुख शिक्षा अधिकृत दीपक कुमार शाही र विद्यालय निरीक्षक रामलाल आचार्यले नगर शिक्षा धानिरहेका छन् ।

प्रश्न पत्र निर्माण गर्ने, छपाइ गर्ने, ग्रेड सिट तयार पार्नेदेखि छपाउने, ईएमआईएस व्यवस्थापन गर्ने, कर्मचारी खटाउनेदेखि शिक्षासँग सम्बन्धित सबै काम गर्नुपर्ने दायित्व नगर शिक्षामा भएको प्रमुख शिक्षा अधिकृत शाहीले बताए । उनले विद्यार्थीका सङ्ख्या हेरेर कर्मचारी खटाइदिएको भए काममा चुस्तता आउने बताए ।

शाखा प्रमुख धिरेन्द्र शर्माले नगर शिक्षामा धेरै कामको चाप भएपनि कर्मचारी भने कम रहेको बताए । उनले यो शाखामा अन्य शाखाकै जस्तो कर्मचारी राख्न नमिल्ने समेत गुनासो गरे । धेरै काम गर्नुपर्ने शाखा भएको हुँदा कर्मचारी थप भएको भए काम गर्न सहज हुने उनको भनाइ छ ।

निजीमा धमाधम भर्ना
शिक्षकहरूको आन्दोलनका कारण ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । सरकारी तथ्याङ्क अनुसार कुल विद्यार्थीको ७० प्रतिशत नै विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । करिब ३० प्रतिशत मात्र विद्यार्थी निजी विद्यालयमा पढ्छन् । शिक्षकहरूको आन्दोलनका कारण २७ हजार ९९० सरकारी विद्यालय बन्द छन् ।

कतिपय सामुदायिक विद्यालयले त वार्षिक परीक्षाको नतिजा समेत सार्वजनिक गरेका छैनन् । केहीले नतिजा प्रकाशन गरे पनि भर्ना अभियानमै रोकिएका छन् । निजी विद्यालयमा भने भर्ना अभियान धमाधम चलिरहेको छ । सुर्खेतमा पनि निजी विद्यालयमा भर्ना अभियान धमाधम चलिरहेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) सुर्खेतका अध्यक्ष छत्र बडूवालले जानकारी दिए । ‘हामीले भर्ना अभियान त रोकेका छैनौँ । अभियान चलिरहेको छ, पहिले जस्तो नभए पनि छिटपुट रूपमा भर्ना गराइरहेका छन् ।,’

उनले भने, ‘आन्दोलनले केही प्रभाव भने हामीलाई पनि पारेको छ । गत वर्ष यसैसमयमा हामीले कक्षा सञ्चालन गर्ने गथ्र्याै तर अहिले अभियानमै लागिरहेका छौ ।,’ उनले शिक्षकको मागमा आफूहरूको पनि समर्थन भएको बताए । यस्तै इगरब्रिज बोर्डिङ स्कुलमा पनि भर्ना अभियान चलिरहेको विद्यालयका कर्मचारी विष्णु शर्माले बताए ।

‘धमाधम भर्ना भइरहेको छ । कुनै पनि विद्यार्थीलाई पढाइबाट वञ्चित गरिनु हुन्न,’ उनले भने । शिक्षकका माग सम्बोधन गरेर सामुदायिक विद्यालय पनि सञ्चालन हुने वातावरण बनाउनु पर्नेमा उनको माग छ । शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने अडानसहित गत चैत २० गतेदेखि शिक्षक तथा कर्मचारीहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई जारी राख्दै आएका छन् ।

उनीहरूको शैक्षिक हडतालका कारण विद्यालय भर्ना अभियान, एसइईको उत्तर पुस्तिका परीक्षण, वार्षिक परीक्षाको नतिजा प्रकाशन लगायतका शैक्षिक गतिविधि प्रभावित भएको छ । यसले निजी विद्यालय जान नसक्ने सामान्य परिवारका बालबालिकाहरू नैसर्गिक अधिकार शिक्षाबाट वञ्चित हुन पुग्ने चिन्ता बढेको छ ।

May be an image of textMay be an image of blueprint and textMay be an image of text that says 'विध्ालय कोड ਕ. ४२०२४०००२ श्री नेपाल राष्ट्िय प्राथमिक विद्यालय सिम्ता गा.पा.-७ गा.पा.-७,पारापानी -6, पाखापानी सु्रेत स्था ನಿಂಭ9 राद्यिय पत्रसं.:-०८१/०८2 पत्रसं.:- चलानी नं.: मिति :-2012/09/02 विषय: नथाँ विधाथी अर्वी तथा पुराना विधार्थी श्री :-यायोडाखवाला रुने आभेलेखिऊरा स्थगन रम्वन्बता उपयुक विषयडा रम्वन्दम्ा तेपाल शिक्नक महारंबको नेतृत्वमा हाल चालरहेकी शिष्यक अन्दोलनको डारणले एृजना अহडो विशाস पारीस्ीध्ातेमर यर श्री रा प्रा. TA. को पूर्विनिद्यारित नयँ विवाथ्ीर्नी आतियान तयर पुराना विधाध्ी अभलेाखऊण डायक्रम लगायत राम्पूर्न गोसक तय प्रशा- य্রाবিত্ गातवीधेबर, नेपाल श्रिकषত महासंघडो अर्डे अगबिडारिल यूस्यना प्रात् नभययममত্তा नागी र्थगत गरिएडो गयहोरा रारोकाराला रुवेलाई जानकारी गराजं्ह। 서 यामकुमारी वली प्रधानाघ्यापल प्रधामाध्ारी Scanned with CamScanner'May be an image of ‎text that says '‎動息 कोड नं.: ५९०३४०००७ श्री जन ज्ञान भण्डार माघ्यामिक विद्यालय भम्हार मारत मुर्भांकोट न. ا -2030 कोटखोला, सुखंत จุอรัน पत्र संख्या प्संखया:२०६१/०६२ ၃၀၄၄/၀၃ चलानी नं.: मिति: २०५२/०१/०२ विषय स्थगन सम्बन्थधि सुचना। प्रस्तुत विषयमा हाल चलिरहेको शिक्षक महासंघको शिक्षक कर्मचारी आन्दोलनले सिर्जना गरेको शैक्षिक हडतालको विसम परिस्थितले गर्दा विद्यालयको पूर्वनिर्धारित भर्ना लगायतका सम्पुर्ण कार्यक्कमहरू शिक्षक कर्मचारी आन्दोलनलाई मध्यनजर गरि अर्को सुचना नआएसम्मलाईं स्थगित गरिएको व्यहोरा सम्वन्थित सस्पु्णमा सूचित गरिन्छ। रमेश कुमार लामिछाने मगर सहायक प्रधानाध्यापक रमेश कुमार सामिद्ठाने सनर सहायक प्रधानाघ्यापक‎'‎May be an image of ‎ticket stub and ‎text that says '‎श्री नेपाल राष्ट्रय माध्यमिक विघालय वेतान चौकाने सुर्खेत स्थापना-२०३् स्थापना -२०३१ पत् सझ्या:-२१ सख्या:- ၃၀၀ 5 बलानी नम्बर विशस विददा सम्वन्मा कोड सोह.१००४००३ मित 50C2\/09 OR प्रस्तत विधयको सम्बन्बमा हान चलिर्हेको नेपान शिकषक महासदृधसे शिक्षक कर्मबारी आन्दोलनले सुजना गरकी हइ्तालको विसम परिस्धातिले गर्या नेपान राष्ट्रव माध्यमिक विद्यालय मेतान चौकुने و सुखेतमा मितिि २०८२/ 109 /OR OR गते देवधि विदार्थी मरনा भर्ना तथा तथा नम्म्ण कार्यक्कमहर शिक्षक कमचारी आत्दोलनलाड़ मध्यनजर गरी अरको सुघना नआाएसम्मका लागि अनिम्तकालीन बिवालय बन्द सुने मूधना सम्यन्थत सवैमा जानकारीका लांगि अनुरोध BI erasal तारा सिह त्राले मगर स. स.प्धानाध्यापक))‎'‎‎

प्रकाशित मिति : २०८२ वैशाख ३ गते बुधबार