२०८३ वैशाख २२ , मंगलबार

सुर्खेतमा बालिका बलात्कारको आरोपमा एकजना पक्राउ



सुर्खेत । सुर्खेतमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१ का ५० वर्षीय जयकृष्ण न्यौपाने छन् ।

न्यौपानेले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीका आधारमा सोमबार पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । ‘घटना पुस महिनाको हो । हामीसँग उजुरी परेपछि सोमबार हामीले उनलाई पक्राउ गरेको छौ,’ स्रोतले भन्यो,

‘पक्राउ परेका व्यक्तिसँग सामान्य सोधपुछ भएको छ त्यसैले अहिले नै सबै भन्न सक्ने अवस्था छैन ।’ स्रोतका अनुसार बालिकालाई स्वास्थ्य परिक्षणका लागि अस्पताल लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८२ वैशाख ३ गते बुधबार