२०८३ वैशाख ११ , शुक्रबार

शिवालय–१ मा विभिन्न पार्टी परित्याग गरी ६ जना माओवादीमा प्रवेश 



सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर १ मा ६ जनाले विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिवार नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत उनीहरूले नेपाली काँग्रेस र नेकपा एमाले पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् ।

 

पार्टी प्रवेश गर्नेहरूमा सपना पुन, लालसरा बाँठा, खिमे पुन, जुद्धे पुन ,बहादुर  महतारा र वने महतारा रहका छन् ।  उनीहरूलाई वैकल्पिक केन्द्रीय सदस्य एवम् शिवालय गाउँपालिका इन्चार्ज यज्ञ बहादुर खत्री, वाइसियल नेपालका केन्द्रीय सदस्य लोकेन्द्र राना, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय परिषद् सदस्य गोपाल बहादुर पुन, गाउँ कमिटी सचिवालय सदस्य एवम् वडा अध्यक्ष नर बहादुर रानाले अबिर र फुल माला लगाएर स्वागत गरेका हुन् ।

 

साथै नवप्रवेशीहरुलाई शिवालय गाउँपालिका इन्चार्ज खत्रीले बधाई दिएका थिए । प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै इन्चार्ज खत्रीले पछिल्लो समय माओवादी पार्टीप्रति झुकाव र प्रवेशको जनलहर देखिएको बताए । उनले पार्टीप्रति झुकाव र प्रवेशको जनलहर देखिनुले जनतामा जागरणको स्तर निकै माथि उठेको दाबी गरे ।

 

उनले विगतमा माओवादी पार्टीका नेतृत्व तहबाट भएका कतिपय गल्ती कमजोरीहरूको आत्म समीक्षा गर्दै यो अभियानले आजको युगको नेतृत्व तयार पार्ने विश्वास लिएको बताए ।  साथै अभियानमा सङ्गठन विस्तार, सदस्यता वितरण तथा नवीकरण, छलफल, बैठक, जनभेटघाटलगायतका गतिविधि सञ्चालन हुने इन्चार्ज खत्रीको भनाई छ ।

 

यस्तै वाइसियलका केन्द्रीय सदस्य रानाले देशलाई अग्रगमण, विकास र समृद्धिको मार्गमा डो¥याउने सामर्थ्य राख्ने पार्टी माओवादी केन्द्र नै भएको दाबी गरे ।

No description available.No description available.No description available.

प्रकाशित मिति : २०८० भदौ १६ गते शनिबार