२०८३ वैशाख १२ , शनिबार

चौकुनेमा एमालेका कार्यकर्ता बिच झडप, बैठकपुस्तिका समेत च्यातियो



सुर्खेत । शनिवारदेखि सुरु भएको प्रतिनिधि छनौटमा विवाद उत्पन्न भई सुर्खेतको चौकुनेमा कार्यकर्ताबिच झडप भएको छ । आगामी असोज १० र ११ गते हुने नेकपा एमाले कर्णाली प्रदेश प्रथम अधिवेशनको लागि ९ सय ३७ जना सङ्गठित सदस्य रहेको पालिकामा २ जना महिला र ६ जना पुरुष छनौट हुनेमा सर्वसम्मत हुन नसक्दा कार्यकर्ताबिच झडप भएको हो ।

झडपकाबिच बैठक पुस्तिकासमेत च्यातिएको चौकुने गाउँपालिकाका सचिवालय सदस्य रतन बहादुर चलाउनेले जानकारी दिए । उनले सामाजिक सञ्जाल फेसबुकमा समेत एक स्टाटस लेख्दै आफूलाई इन्चार्ज गोपाल बिसी लगायतले हातपात र दुर्व्यवहार गरेकोप्रति जिल्ला, प्रदेश र केन्द्रलाई ध्यानाकर्षण गराएका छन् । शनिवारदेखि सुरु भएको प्रतिनिधि छनौटमा सुर्खेतका कुनै पनि पालिकामा अहिलेसम्म प्रतिनिधि छनौट हुन नसकेको नेकपा एमाले स्रोतले बताएको छ ।

हेर्नुहोस् रतन चलाउनेको स्टाटस् –

प्रकाशित मिति : २०८० भदौ ३१ गते आइतबार