कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित )

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता १६ आश्विन २०८०, मंगलवार ०९:४०

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्रको कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ। बोर्डले आज सूचना जारी गर्दै आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो।

जसमा १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने उल्लेख छ। परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने बोर्डको कार्यतालिका छ। नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ।

कक्षा ११ को परीक्षा विद्यालयहरूले २०८१ को जेठ पहिलो सातासम्ममा सम्पन्न गर्नुपर्ने छ। कक्षा ११ को रजिस्ट्रेसन फाराम पुस १५ गतेबाट खुला गरेर माघ १५ गतेसम्म भर्ने समयावधि तोकिएको छ।

कक्षा १२ को परीक्षा फाराम भने पुस १ गतेबाट खुला गरी माघ १५ गतेभित्र भरेर अनलाइनमार्फत बुझाइसक्नुपर्ने बोर्डको कार्यतालिकामा उल्लेख छ।

Next Post

चिङ्गाड गाउँपालिकामा बस दुर्घटना

१६ आश्विन २०८०, मंगलवार ०९:४०
सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिकामा बस दुर्घटनामा परेको छ । सुर्खेतबाट अवलचिङ जाँदै गरेको भे १ ख १४१६ नम्बरको बस चिङ्गाड गाउँपालिका –५ मा दुर्घटनामा परेको हो । गाडी दुर्घटना हुँदा स्थानीय नावलटोल बस्ने केशव रानाको घर, गोठमा र गाडीमा क्षति भएको छ । गाडी गएराति स्टेशनमा पुगेर चालकले अर्काे […]
May 2025
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031