सुर्खेत । हेल्दी लिभिङ्ग नेपालले सुर्खेतमा आफ्नो कार्यालय खोलेको छ । उपभोक्ताहरुसम्म सिधै उपभोग्य सामानहरु पु¥याई कम लागतमा सामानहरु उपलब्ध गराउने यसले ध्येय राखेको छ ।
सुर्खेतमा समय समयमा आएर आम उपभोक्ताहरुलाई सचेतिकरण गर्दै आईरहेका हाल क्राउन डाइरेक्ट एवम् व्यापार व्यवसाय तथा सामाजिक संघ संस्थाहरुमा आवद्द रहँदै लामोसमयदेखि प्रत्यक्ष बिक्री प्रणालीमा नेतृत्वदायी भूमिका खेलेका पुष्पराज बज्राचार्यसँग सुर्खेत आएका बखत खबरदृष्टिका संवाददाता कुलेन्द्र शाहीले गरेका कुराकानीका अंशहरु :
१) हेल्दी लिभिङ्ग नेपालको स्थापना कहिले भएको हो ? यसको उद्देश्य र काम के हुन् ?
यो चाँही नेपालमा २०७७ असार १९ गते भएको हो । नेपालको विधिवत कानुन अनुसार यो अगाडि बढेको संस्था हो । र यसको उद्देश्य भनेको आम मान्छेलाई आर्थिकरूपले स्वतन्त्रता दिनु उनीहरूको स्वास्थ्यलाई प्रमोट गर्नु र धेरैभन्दा धेरै मान्छेलाई रोजगारी सिर्जना गर्नु मान्छेलाई स्वतन्त्रतापूर्वक जिउन मद्दत गर्नु हो ।
२) अहिले कति जनालाई रोजगारी दिनुभएको छ ?
यसको कन्सेप्टलाई बुझ्न जरुरी छ । किनभने, यसमा अन्य क्षेत्र जस्तो मान्छेलाई प्रत्यक्ष रुपमा तलबका दरले जागिर दिन्छौं भनेर घोषणा गरिदैन् । यसमा आम उपभोक्ताहरूले नेपालमा साबुन स्याम्पु लगायतका विभिन्न उपभोग्य वस्तुहरू सबैले प्रयोग गर्छन् र ती उपभोक्ताहरू जसले यी वस्तु उपभोग गर्नलाई आवश्यकता महसुस गर्छन् वा उहाँहरूलाई यो काम मनपर्छ उहाँहरुले पार्टटाइमको रूपमा यसलाई पेशा व्यवसायका रूपमा अगाडि बढाउन सक्नुहुन्छ ।
पछि गएर उहाँहरुले म पूरा समय दिन्छु भनेर यसमा लाग्न पनि सक्नुहुनेछ । अहिले यसमा हजारौँ लाखौँ उपभोक्ताहरु हुनुहुन्छ । हाम्रो साबुन लिएर प्रयोग गर्नुभयो भनेपनि उहाँहरु हाम्रो उपभोक्ता हुनुभयो । कतिले त सम्पूर्ण सामानहरु साबुन, तेल, नुन हाम्रो घरमा प्रयोग गर्छन् भन्नुभयो भने उहाँ पनि हाम्रो उपभोक्ता हो। सबै कुरा त मलाई जानकारी छैन। जति मलाई जानकारी छ, त्यसको हिसाब गर्ने हो भने कम्तिमा १ हजार जतिले प्रत्यक्षरुपमा लागेर अरुलाई समेत रोजगारी दिनुभएको छ ।
२) यसका नेपालभरि कतिवटा शाखा छन् ?
यसका नेपालभरी कम्तीमा ३१ वडा शाखा रहेका छन् । यी शाखाहरूमा नेपाल सरकारले स्वीकृति र सरकारले दिएको अनुमति अनुसार विभिन्न ठाउँको आवश्यकता अनुसार कम्पनीको हेडक्वाटरबाट सबै नियम प्रक्रियाहरू पूरा गरी खुल्दै गईरहेका छन् ।
३) सातवटा प्रदेशमध्ये सबैभन्दा प्रभावकारी संचालन कुन प्रदेशमा छ ?
हामीले संघियता कुरा गरेपनि यो केन्द्रियकरण जस्तै छ । अहिले निश्चित रुपमा कुरा गर्ने हो भने बाग्मती प्रदेशमा यसले राम्रो प्रभाव पारेको छ । त्यसपछि साविकको पुर्वाञ्चल पनि राम्रै छ । त्यस्तै गण्डकी प्रदेशमा सुदुरपश्चिम प्रदेशमा पनि यसको राम्रै प्रभावकारिता देखिएको छ ।
धनगढीमा यसको शाखा भएकाले त्यहाँ पनि राम्रै प्रभाव देखिएको छ । लुम्बिनीमा भने यसका ४ वटा शाखा झन्। त्यहाँ झन राम्रो नहुने कुरै भएन्। साथै अन्य प्रदेशमा पनि हालसम्म राम्रै भएको छ ।
४) कर्णाली प्रदेशमा चाँही यसको प्रभाव के छ ?
कर्णाली प्रदेशमा हामी भर्खरै जुरमुराउँदै छु । यहाँ हामीले केहीसमय अगाडिदेखि केही गर्नुपर्छ भनेर यहाँका उपभोक्ताको डिमाण्डअनुसार कारोबार सुरु गरेका थियौ र अहिले मात्रै कर्णाली प्रदेशका सम्पुर्ण उपभोक्ताहरुका लागि नेपालगञ्जबाट सामानहरु ल्याउन सजिलो ठानेर हेडक्वाटरले यहाँको आवश्यकतालाई मध्येनजर गर्दै वीरेन्द्रनगरमा शाखा कार्यालय खोलेको छ ।
जहाँबाट हाम्रा उपभोक्ताहरुले सजिलै यी सामान खरिद गर्न र उपभोग गर्न पाउँनुहुन्छ । हामीले जनमानसमा यसको प्रभावकारीता कति हुन्छ र यसको प्रभावकारीता के छन् भनेर केही दिन अघि मात्रै एउटा कार्यक्रम आयोजना गरेका थियौ । जसमा विभिन्न निकायका प्रमुख व्यक्तित्व उपस्थित हुनुभएको थियो ।
कार्यक्रम राम्रो भएको उपस्थित सबैको वुझाई छ। अव निकट भविष्यमा यसका शाखाहरु पहाडी जिल्लाहरुमा पनि आवश्यकता अनुसार बढाउँदै लगिने छ। यहाँको माहौल, नागरिकमा देखिएको उत्साह, हामीलाई गर्ने व्यवहार एकदमै राम्रो छ । म दङ्ग भएको छु । यहाँ पनि अन्य प्रदेशमा जस्तै उपभोक्ताहरुको उत्साह देखिएको छ ।
५) नेपालमा अहिले हेल्दीलिभिङ्ग नेपालले कति प्रकारका सामानहरु विक्री वितरण गरिरहेको छ ?
हेल्दीफुडदेखि अन्य करिब २ सय थरीका सामान बिक्रीवितरण गर्ने गरेको छ । जसमा सबैभन्दा महत्वपुर्ण भनेको हेल्थ फुडहरु हुन् । मान्छेलाई स्वस्थ बनाउनका लागि हेल्दीफुडहरु छन् । त्यसलाई पोषकीय पोषण पद्दती भनिन्छ ।
यदि त्यसलाई प्रयोग गर्ने हो भने मानिसहरु निरोगी हुनेतर्फ अग्रसर हुन्छन् । दिर्घकालीन रोग छ भने पनि त्यसलाई उम्किन मद्दत गर्छ । त्यस्तै हामीसँग दैनिक प्रयोग हुने उपभोग्य बस्तुहरु छन् । जस्तै, चियापत्ती,खाने तेल, सावुन स्याम्पु, कस्मेटिकका सामानहरु समेत हामीसँग छन् । अर्काे कुरा त हामीले विक्रीवितरण गर्ने सामानको गुणस्तर र प्रभावकारीता देख्दा म धेरै सन्तुष्ट छु ।
६) गुणस्तर र प्रभावकारिताको कुरा गर्नुभयो यो गुणस्तर र प्रभावकारिता छ भनेर कसरी थाहा पाउँन सकिन्छ ? यसको गुणस्तर र प्रभावकारिता जाँच्ने निकाय कुन हो ?
यो त जाँच गर्ने निकाय अलग अलग छन् । नेपाल सरकारले जाँच गर्ने संयन्त्र बनाएको छ । जस अन्तरगत हामीले खाद्य विभाग, अन्तराष्ट्रिय निकाय जिएम, हलाल जस्ता निकायबाट पनि उत्पादनको सार्टिफिकेट प्राप्त गरेको छौ ।
अर्काे कुरा हामीले उत्पादन गर्ने सामानहरु जाँच गर्ने निकाय स्थानीय सरकार पनि रहेको छ । जसमा प्रमुख जिल्ला अधिकारी नै यसको प्रमुख हुनुहुन्छ । साथै घरेलु तथा साना उद्योगले पनि जाँच गर्ने गरेको छ । यदि कानुनमा लेखिएको भन्दा तलमाथि कसैले कारोबार गर्छ भने त्यस्तो अवस्थामा कारबाही गर्ने जिम्मा उहाँहरुको हुन्छ ।
७) तपाईंहरुले बिक्रीवितरण गर्ने सामानमा केही साइड इफेक्ट छ कि ?
यसमा त्यस्तो साइड इफेक्ट भन्ने हुदैन् । किनभने यो खाना हो । यो कुनै केमिकलजन्य सामान होइन्। धेरैजसो मानिसहरुले योे औषधी हो भनेर बुझ्नुहून्छ । यो त्यस्तो केही होइन् । जसरी हामी अरु खाने कुरा खान्छौ, यो पनि त्यस्तै खाना हो । साथै यो आफ्नो शरिरमा भर पर्ने कुरा पनि हो ।
८) देशभर तपाईंको कम्पनीमा कति सदस्य आबद्ध छन् ?
यसमा आधिकारिक जानकारी त छैन् मलाई । यसको सही तथ्याङ्गक हाम्रो कम्पनीको एमडीले दिनसक्नु हुन्छ । तर, मैले चाँही के मात्रै भन्न सक्छु भने कम्तिमा देशभरबाट ३ लाख भन्दा माथि उपभोक्ताहरु हुनुहुन्छ जस्तो लाग्छ ।
९) यस कम्पनीका आगामी योजना के छन् सर ?
अहिले नेपालमा रोजगारीको त्यति धेरै ठाउँ देखिँदैन् । त्यसैले यस कम्पनीले सकेसम्म धेरैभन्दा धेरै मानिसहरुलाई यसका उत्पादनहरुलाई बिक्रीबितरणबाट आर्थिक अवस्था सुधार्न खोजेको छ । यो प्रोडक्ट आम नेपालीलाई अवसर नै दिने प्रणाली हो । यसमा एक रुपैयाँ लगानी पनि गर्नु पर्दैन्, कुनै रिक्स लिएर काम पनि गर्नु पर्दैन्।
सिर्फ यसका बस्तुहरु उपभोग गर्ने र त्यो उपभोग गरेको बस्तुबारे अरुलाई सही तथ्य कुरा जानकारी दिँदा ग्राहकको संख्या वृद्धि भैहाल्छ। त्यो ग्राहकले खरिद गरेको सामानबाट तपाईलाई केही इन्सेटिब दिन्छ भने त्यो त गलत पक्कै पनि होइन् ।
यसरी अगाडि बढ्दा धेरै भन्दा धेरै मानिसहरुलाई हामीले रोजगारीको अवसर सिर्जना गर्न चाहान्छौँ । साथै सबै मानिसलाई स्वस्थ जीवन जीउन सिकाउने हाम्रो प्रमुख उद्देश्य रहेको छ । आजभोलि हामीले खाने खानामा हेर्ने हो भने स्वाद मिल्दैन्, हावा समेत दुषित हुन्छ, पानी पनि त्यस्तै छ। किसानहरुपनि उत्पादन बढाउनका लागि रसायनिक मल प्रयोग गर्न थाले ।
बिरामीको संख्या दिन–प्रतिदिन बढ्दै गएको छ । त्यसैले हामीले पाँच जना भएपनि बिरामीलाई स्वस्थ बनाउन सक्छौ कि भन्ने हो । हामीले यसको ज्ञान बढाएर स्वस्थता तर्फ लग्ने उद्देश्य बनाएका छौँ ।
१०) अन्तिममा मैले सोध्न भुलेको र तपाईले भन्न चाहेको केही छकि ?
तपाइको सञ्चार माध्यमलाई विशेष धन्यवाद छ । हामी महान् अभियानमा छौ। जसले आफु मात्रै बन्ने होइन् कि कुनैपनि व्यक्तिलाई राम्रो अवसर बाढ्यौ÷ सिकायौं भने जीवनमा राम्रो फाइदा लिन सक्छ।। धेरै नै परिवर्तन गर्न सक्छ।
त्यसैले प्रत्यक्ष बिक्रीप्रणाली जुन नेपाल सरकारले हामीलाई काम गर्ने बाटो खोलेर यो अवसर दियो,अझै यो पनि फराकिलो बातावरण निर्माण गरिदियोस्, हामीले गरेको कर्मबाट केही सहयोग राज्यलाई पनि मिलोस भन्ने विश्वास गरेको छु । सम्पूर्ण व्यक्तिहरुले यसमा सहकार्य गरौँ। तपाईहरुले यसको बारेमा बुझ्नुभयो भने तपाइ मात्रै नभई तपाइको बालबच्चाको लागि समेत टेवा पुग्न सक्छ ।