२०८३ वैशाख १४ , सोमबार

जाजरकोट भूकम्प प्रभावित क्षेत्रको पूननिर्माणका लागि भारतले १० अर्ब दिने



जाजरकोट । काठमाडौं स् भारतले गत कार्तिकमा आएको जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पूननिर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान दिने भएको छ। बिहीबार भएको नेपाल–भारतको संयुक्त आयोग बैठकमा उक्त सहयोग सम्बन्धी समझौतामा हस्ताक्षर भएको हो ।

गत १७ कार्तिकमा जाजरकोट केन्द्रबिन्दु भई ५‍‍.७ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा १५७ जनाको ज्यान गएको थियो भने ३७५ जना घाइते भएका थिए ।

प्रकाशित मिति : २०८० पुस १९ गते बिहीबार