२०८३ वैशाख १४ , सोमबार

भिजिट कर्णाली यातायातले सञ्चालनमा ल्यायो लगजरी सिटसहितको स्कारपियो गाडीहरु



सुर्खेत । कर्णालीमा भिजिट कर्णाली यातायात प्रा.लि.ले एसी हिटर लगजरी सिटसहितको स्कारपियो सञ्चालनमा ल्याएको छ । ‘समृद्ध कर्णालीको लागि पर्यटन, पर्यटनका लागि भिजिट कर्णाली’ भन्ने मूल नाराका साथ सेवा सञ्चालनमा ल्याइएको सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे हाे ।

सेवाको उद्घाटन भने बिहीवार हुने प्रा.लि.का अध्यक्ष प्रकाश कुमार शाहीले जानकारी दिए । प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उद्देश्यसहित स्कारपियो गाडीहरू सञ्चालनमा ल्याइएको अध्यक्ष शाहीले बताए ।

प्रा.लि.ले मुगुको रारा, जुम्ला चन्दननाथ, कालिकोटको पचालझरना, दैलेख पंचकोशी, महावुधामलगायतका प्रमुख पर्यटकीय स्थलहरूमा सञ्चालन हुने गरी पर्यटक र यात्रुहरूलाई केन्द्रबिन्दुमा राखिएको जनाएको छ ।

समयको मागसँगै यातायात सेवालाई सहज र मर्यादित डिजिटल प्रविधिमै बनाउनका लागि आफ्नै एप्स बनाएर अनलाइन टिकट बुकिङको तयारी पनि गरिएको अध्यक्ष शाहीले बताए । कर्णाली प्रदेशभन्दा बहिरका यातायात व्यवसायीहरुसँगको सहकार्यमा काठमाडौंको ट्याक्सीमाडौं एपको प्रयोग गरी विश्वका सबै ठाउँहरुबाट टिकट बुकिङ गर्ने गरी तयारी गरिएको उनले बताए ।

प्रत्येक गाडिहरुमा अनिवार्य कर्णाली प्रदेशका प्रमुख प्रयटकीय स्थलहरुको स्टीकरहरु टाँस गरिने र जसले कर्णाली पर्यटनको प्रचार र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको अध्यक्ष शाहीले बताए । १ करोडको शेयर लगानीमा यातायात  प्रा.लि.ले सञ्चालनमा ल्याइएको बताउँदै अध्यक्ष शाहीले अहिले १८ वटा स्कारपियो गाडीहरू रहेको जानकारी दिए ।

५२ लाखदेखि ६७ लाखसम्मका गाडीहरू रहेको पनि उनले बताए । सुर्खेत उपत्यकाभित्र यात्रुलाई स-शुल्क घरदैलो सेवा समेत दिइएको छ भने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई भाडामा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको अध्यक्ष शाहीले बताए ।

यस्तो छ भाडादर :

 

प्रकाशित मिति : २०८० पुस २४ गते मंगलबार