२०८३ वैशाख १४ , सोमबार

कर्णालीमा कफी विकास कार्यक्रम तय गर्न मन्त्री शर्माको आग्रह 



सुर्खेत।  कर्णाली भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भीम प्रकाश शर्माले किसान र उत्पादन क्षेत्रको आधारमा कफी विकास कार्यक्रम तय गर्न आग्रह गरेका छन् ।  कृषि विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेतले आयोजना गरेको १ दिने प्रदेश स्तरीय दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीमा कर्णाली प्रदेश कफी उत्पादनको उत्कृष्ट प्रदेश भएकाले किसान र उत्पादन क्षेत्रको सम्भाव्यताको आधारमा कफी विकास कार्यक्रमको खाका तयार पार्न कार्यालय प्रमुखहरुलाई आग्रह गरेका हुन् ।

कफी विकास कार्यक्रमले किसानको आवश्यकता पुरा गर्ने लक्ष्य लिनुपर्ने उनको भनाइ छ । कफी उत्पादन हिमाली क्षेत्रमा नहुने भएकाले हिमाली क्षेत्रमा रैथाने बालीको विकास संरक्षण सम्वर्द्धन बजारीकरण गर्न ठोस योजना प्रदेश सरकारको भएकाले दैलेखलगायत अन्य केही जिल्लालाई कफी उत्पादन कार्यक्रमको खाकाभित्र समावेश गर्नुपर्ने उनले बताए ।

कर्णाली प्रदेश सरकारको पहलमा पहिलो पटक जुम्लाको छुमचौर जिल्लामा धान रोपाइ कार्यक्रमबाट कालीमार्सी धानको ब्रान्डिङ सुरु भएको स्मरण गर्दै प्रदेश सकारको पहलमा अहिले रू १ सय ५ प्रति केजी कालीमार्सीधानको खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सम्झौता गरी अन्तराष्ट्रिय बजारीकरण हुन सुरु भएको मन्त्री शर्माले बताए । 

प्रकाशित मिति : २०८० माघ ६ गते शनिबार