२०८३ वैशाख १५ , मंगलबार

छिन्चुमा हाइस दुर्घटना



सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा हाइस  दुर्घटनामा परेको छ । सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै बा२ख १२३० नम्बरको हाइस अन्दाजी ५ बजेको समयमा छिन्चुको सल्लीचोकमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर ४ जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट करिब २० मिटर तल नालामा पल्टिएको छ । घटनाको थप विवरण आउन बाँकी छ । गाडीमा १४ जना सवार रहेको बुझिएको छ ।

प्रकाशित मिति : २०८० माघ १० गते बुधबार