सुर्खेत । राष्ट्रिय सभा सदस्यमा कर्णाली प्रदेशबाट सत्ता गठबन्धन्धनका तर्फका तीनैजना उम्मेदवार विजयी भएका छन् । सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार अन्तिम मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् ।
बिहीवार भएको मतदानबाट गठबन्धनका तर्फबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार विजयी भएका हुन् । मत परिणाम भने सार्वजनिक हुन बाँकी रहेको रावलले बताए ।
प्रकाशित मिति : २०८० माघ ११ गते बिहीबार