
फाइल तस्विर
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चार ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । पञ्चपुरी नगरपालिका–५ र पञ्चपुरी नगरपालिका–७ मा अवैध रुपमा उत्खनन गर्दै गरेका चार ट्याक्टर इलाका प्रहरी कार्यालय बाबियाचौले नियन्त्रणमा लिएको हो ।
इआइए नभएको खेतको कुलाको बाधलाई असर पर्ने गरी अवैध रुपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा कर्णाली प्रदेश ०२८३, भे १ त ८९९४, कर्णाली प्रदेश ०३१३ र कर्णाली प्रदेश ००९३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक विनोद सुवेदीले जानकारी दिए ।
प्रहरीले ति ट्याक्टरलाई खोलाबाटै नियन्त्रणमा लिएर कारबाहीका लागि नगरपालिकालको जिम्मा लगाइएको थियो । उक्त ट्याक्टरहरुलाई नगरपालिकाले कारबाही स्वरुप १०/१० हजार रुपैयाँ जरिवाना तिर्न लगाएर छाडेको बताएको छ ।