सुर्खेत । सुर्खेतमा चोरी मुद्धाका फरार प्रतीवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थान बस्ने वर्ष २६ का बिवेक थापा रहेका छन् । जिल्ला अदालत सुर्खेतको लगत नम्बर ७२३ को डाँका चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उनी आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुर्खेत उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० माघ १६ गते मंगलबार