
सुर्खेत । पशुपन्छी विकास निर्देशनालय कर्णाली सुर्खेतको आयोजनामा मत्स्य विकास केन्द्र शमशेरगंज बाँकेमा ३ दिने मत्स्यपालन सम्बन्धी तालिम आजदेखि सुरु भएको छ। केन्द्रका निमित्त प्रमुख महेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्तामा सुरु भएको तालिममा पशुपन्छी विकास निर्देशनालय सुर्खेतका मत्स्य विकास अधिकृत प्रकाश पाठकलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।
सुर्खेत र जाजरकोटका १७ जना मत्स्यपालन व्यवसायीहरू सहभागी कार्यक्रमबाट व्यवस्थित माछा पालन हुने र कृषकहरूले फाइदा लिन सक्ने प्रमुख अतिथि यादवले आशा व्यक्त गरे। उनले तालिम पश्चात् कर्णाली प्रदेशमा मत्स्यपालन व्यवसाय फस्टाउने र प्रदेश भित्रै उत्पादित माछाले बजार लिने उनको भनाइ छ।
प्रकाशित मिति : २०८० माघ १७ गते बुधबार