२०८३ जेठ २७ , बुधबार

वीरेन्द्रनगरमा विद्युतको तार सर्ट हुँदा एक घरमा आगलागी 



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१० बसपार्क नजिकै एक घरमा आगलागी भएको छ । घरमा लगाएको विद्युतको तार सर्ट भएर स्थानीय लक्ष्मी शाहीको घरमा बुधवार (आज) दिउँसो साढे १२ बजेको समयमा आगलागी भएको हो ।

आगलागीबाट घरमा भएका लत्ताकपडा, दराज, सोफा जलेर नष्ट भएको नगर प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतका प्रहरी हवलदार यामबहादुर खत्रीले खबरदृष्टिलाई जानकारी दिए । घरमा भएको खाद्यान्न तथा लुगाफाटो जले पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रहरी टोली घटनास्थलमा गएर मुचुल्का गरिहरेकाले क्षतिको विवरण आउन बाँकी रहेको र आगो नियन्त्रणमा लिइसकेकाे हवलदार खत्रीले बताए ।

प्रकाशित मिति : २०८० माघ १७ गते बुधबार