
सुर्खेत । जुम्लासहित कर्णालीका हिमाली जिल्लामा हिमपात सुरु भएको छ। गयराति साढे तीन बजेदेखि हिमपात सुरु भएको हो । जुम्लामा भने यो वर्षको पहिलो हिमपात हो । बुधवार साँझ मौसम बदली भइ बादल लागेर रातिदेखि हिउँ पर्न थालेको हो।
हिमपात भएपछि चिसो अत्याधिक बढेको छ । हिउँ पर्दा किसानहरू भने खुसी भएका छन् । हिउँ नपर्दा पातारासी, काञ्जिरोवा, भुरीचुला, चिमारामालिका लगायतका हिमालहरू कालापत्थर बनेका थिए । हिउँदेबाली सुकेर सोत्तर भएका थिए । जसका कारण किसान पनि चिन्तित बनेका थिए ।
यस्तै, कर्णालीको हिमाली जिल्ला मुगु, डोल्पा, हुम्ला र कालिकोटमा पनि हिउँ पर्न सुरु भएको छ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाइ सेवा भने अवरुद्ध भएको छ। जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाइ सेवा भने अवरुद्ध भएको छ।




प्रकाशित मिति : २०८० माघ १८ गते बिहीबार