सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । उनले आइतवार शुभकामना सन्देश गर्दै कर्णालीवासी सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका हुन् । उनले विशेषगरी कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा आफ्नो जीवनको उत्सर्ग गर्ने महान् शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्, ‘विगत सात दशकदेखी शान्तिपुर्ण, शसस्त्र जनयुद्ध,जातिय,क्षेत्रिय,लिंगीय,दलित,उपेक्षितक्षेत्र र कर्णाली प्रदेश स्थापनाका लागी भएको आन्दोलनमा आफनो जिवन बलिदान गर्ने ४ जना शहिदहरु सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टीकाराम गौतम, जुम्लाका, हरिबहादुर कुवँर लगायत ज्ञात–अज्ञात शहिदहरुप्रति भावपुर्ण श्रदाञ्जली अर्पण गर्दछु ।’
उनले प्रदेश स्थापना दिवसको अवसरमा सबैलाई एकजुट भई अघि बढ्न प्रेरणा र सामाथ्र्य प्राप्त होस भन्ने कामना गरेका छन् । साथै कर्णालीवासीको सुशासन, सामाजिक न्याय र सम्वृद्धिको उचाइमा पुर्याउन आवश्यक रहेको प्रमुख परियारको भनाइ छ ।
‘नेपालको इतिहासमा २०७२ असोज ३ गते पहिलो पटक नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भएको सबैमा अवगत नै छ । संघीयता, धर्मनिरपेक्षता,समानुपातिक,समावेशीता,गणतन्त्र सहितको ऐतिहासीक उपलब्धिको जगमा उभिदै करिब ८ बर्ष अघि छुट्टै प्रदेश स्थापनाका लागी करिब २ हप्ता लामो आन्दोलनमा ४ जनाको शहादत पश्चात २०७२ साल भाद्र ४ गते कर्णाली प्रदेश स्थापना भएको थियो यो आफैमा कर्णाली प्रदेशवासीको निम्ति ऐतिहासिक उपलब्धि थियो भने २०७४ को निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिहरुको पहिलो अधिवेशनको पहिलो प्रदेश सभा बैठकलाई नै प्रदेश सभाको स्थापना दिनको रुपमा हामीले लिने गरेका छौं । उनको शुभकामना सन्देशमा भनिएको छ ।’
उनले तीन तहका सरकारबिचको समन्वय र सहकार्यबाट जनताको भावना चाहना र आवश्यकता पुर्ति गर्ने तथा बेरोजगार र गरिबीबाट कर्णालीलाई मुक्त गरी सामाजिक न्यायमा आधारित समतामुलक समाजको जग बसाल्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न प्रदेश सरकार निरन्तर लागिरहने बताएका छन् ।
