
सुर्खेत । राष्ट्रिय दलित आयागले कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई आर्थिक वर्ष ०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका सदस्य टुन्ज बराइलीले संविधान अनुसार प्रदेश प्रमुख परियारलाई वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख परियारले दलित समुदायमाथि ऐतिहासिक रुपमा नै भेदभाव र छुवाछुत हुँदै आएको बताउँदै अझै पनि मानिसहरुको व्यवहार परिवर्तन हुन नसक्नु विडम्बना भएको बताए ।
उनले कर्णालीका दलितहरुको अवस्था झनै कहालीलाग्दो रहेकाले आयोगले त्यस्ता समुदायको पक्षमा काम गर्न सक्नुपर्ने सुझाव दिए । कुनै पनि धर्मशास्त्रमा जातका आधारमा भेदभाव र छुवाछुत गर्ने भनेर प्रमाणित रुपमा उल्लेख नगरिएको र अहिले संविधानमै छुवाछुत गर्न नपाउने व्यवस्था स्पष्ट गरेको उनले बताए ।
प्रकाशित मिति : २०८० माघ २४ गते बुधबार