२०८३ वैशाख १७ , बिहीबार

प्रदेश प्रमुख परियारद्वारा सोनाम ल्होसारको शुभकामना



सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायको सोनाम ल्होसार अर्थात् नयाँ वर्षको उपलक्ष्यमा कर्णालीवासी लगायत स्वदेश तथा विदेशमा रहेका पर्व मनाउने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन् ।

उक्त पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे । ‘हाम्रो देश नेपाल बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसाथ गरी विविधताबिचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता समृद्धि र सामाजिक सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्न सोनाम ल्होसार अर्थात् नयाँ वर्षले प्रेरणा प्रदान गरोस्’ शुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : २०८० माघ २७ गते शनिबार